नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १४:२९:३६
९ जेठ, काठमाडौं । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को 'लिरिकल भिडियो' सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ ।
चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल राईको स्वर र चन्द्रकुमार दोङको संगीत रहेको छ । सेलो सङ्गीतमा आधारित गीतको लिरिकल भिडियोमा दयाहाङ राई आफ्नो परिवारसँग रमाइरहेका देखिन्छन् तर भूकम्पपछि परिवारका सदस्य गुमाउनुपर्दाको दुःख र पीडाहरु पनि प्रस्तुत गरिएको छ ।
दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको अभिनय रहेको यस चलचित्रको निर्देशन फूलमान वलले गरेको हो । पटकथा लेखकसमेत रहेका निर्देशक वल यो चलचित्रमा भूकम्पले तोडेको सम्बन्धलाई जोड्न गरिएको प्रयत्न हो भन्छन् । ‘कन्टेन्ट’ प्रधान चलचित्रका रूपमा रहेको ‘नीरफूल’ मा विगतको त्यो त्रासदीपूर्ण भूकम्पमा आफूले पनि भोग्नुपरेको पीडालाई स्मरण गर्दै दर्शकले रुचाउनेमा उनको अपेक्षा छ ।
धादिङको रुवीभ्याली र रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा छायाङ्कन गरिएको यस चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । प्रमोद कार्कीले खिचेको यस चलचित्रमा सचिन घिमिरे एशोसिएट निर्देशक, निमेष श्रेष्ठको सम्पादन एवं अर्जुन पोखरेल तथा चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।
नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यस चलचित्रमा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको पनि अभिनय छ ।
सोनाम डोमा कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्माताका रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा र ईन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा र विके श्रेष्ठलगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार