नेपाल अमेरिका चलचित्र महोत्सवमा नेपालका ४ फिल्म प्रदर्शन हुने
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १२:१८:५५
१० जेठ, काठमाडौं । नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक भएको छ । नेपालका सुजित बिडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु फिल्म ‘लोरी’ र दिपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका फिल्म महोत्सवमा प्रदर्शन हुनेछन् ।
जुन २२ देखि २५ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत ११ देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ फिल्महरू प्रदर्शन हुनेछन् । वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र फिल्महरू चाहिँ एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।
आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार जुन २२ मा नेपालको तर्फबाट अस्कर अवार्डका लागि छनोट भएको, बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’को प्रदर्शनबाट महोत्सवको उद्घाटन हुनेछ । त्यस्तै अमेरिकी निर्देशक न्यन्सी स्भेंन्डसेनको निर्देशनमा बनेको ‘पासाङः इन द स्याडो अफ एभरेष्ट’को प्रदर्शनसँगै जुन २५ मा महोत्सव समापन तथा पुरस्कार वितरण हुनेछ ।
स्थापना कालदेखि सहकार्यरत ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा यो वर्ष दुई फिल्म प्रदर्शन हुने र निर्देशक सुबर्ण थापाको उपस्थितिमा ’द सेक्रेट अफ राधा’ को विशेष प्रदर्शन हुने समेत आयोजकले जनाएको छ ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्महरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । यस वर्षका निर्णायक मण्डलको नाम केहि दिनमा सार्वजनिक गरिने जनाइएको छ । महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ’प्यानल’ छलफल हुनेछ । म्यारिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
‘कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शनहरू भौतिक रुपमा नै आयोजना गर्न लागिएकोले उत्साहित भएका छौं,’ महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले भने ।
महोत्सवका लागि आवेदन परेका फिल्महरूलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
हेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार