ओलीले पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाए भनेपछि एमालेले गर्यो संसद अवरुद्ध
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १३:३९:३६
१२ जेठ, काठमाडौं । पशुपतिनाथमा लगाइएको जलहरी सुनको नभई पितलको भएको विषयमा प्रतिनिधिसभा बैठकमा हंगामा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकराले जलहरी फेरको थियो । सुनको जलहरी राखिएको बताइएको थियो । १० गतेको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादीका सांसद लेखनाथ दाहालले जलहरी सुनको नभइ पितलको भभएको बताएका थिए ।
यही विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेका संसद अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक पदम गिरीले आफूहरूलाई लगाइएको आरोपबारे सरकारबाट जवाफ नआएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन गर्न नदिने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको सुरूवातमै प्रमुख सचेतक गिरीले सत्ता पक्षका सांसदले बिनाप्रमाण संसद्बाटै प्रमुख प्रतिपक्षी दलको नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाएको भन्दै त्यसबारे सरकारले जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने बताएका थिए ।
‘भ्रष्टाचारी जुनसुकै रूप र रंगका हुन्, जुनसुकै क्षेत्रका हुन्, सबै खालका भ्रष्टाचारीको मनोबल गिराउनुपर्ने अवस्था आएको छ । देशलाई भ्रष्टाचारमुक्त बनाएर अगाडि बढ्न नसक्ने हो भने हाम्रो समृद्धिको सपना पूरा हुनेवाला छैन । हामी विगतका भ्रष्टाचारका अनेक फाइलहरू खोजौँ, एक–एक भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याऔँ भनिरहेका छौँ,’ सांसद गिरीले भने, ‘तर पछिल्लो पटक त्यस्तो भइरहेको छैन । यहाँ त बिनाआधार, बिनाप्रमाण प्रमुख प्रतिपक्षी दलका नेतालाई इङ्गित गरेर भ्रष्टाचारको आरोप लगाइन्छ । सत्ता पक्षका सांसदले पशुपतिमा जलहरी लगाउने विषयमा सुनको बदला पित्तलको प्रयोग भयो भनेर बिनाआधार गम्भीर भ्रष्टाचारको आरोप लगाउनुभएको छ । हामी सरकारले यसको जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न दिदैनौँ ।’
उनले पशुपतिमा लगाइएको जलहरीमा सुनको सट्टा पित्तलको प्रयोग भएको वा नभएको भन्ने विषयमा सरकारले पहिले प्रस्ट पार्नुपर्ने माग गरे । ‘यसको सत्यतथ्य कुरा के हो ? यो के आधारमा आएको छ ? के तथ्यमा आएको छ ? सत्ता पक्षले प्रतिपक्षलाई यसरी सदनबाट भ्रष्टाचारको आरोप लगाउन मिल्दैन, त्यसको वास्तविकता पत्ता लगाएर सदनलाई जवाफ दिनुपर्छ । प्रतिपक्षीमाथि एकपछि अर्को गर्दै नियोजित ढंगले जान खोजिएको छ, यो स्वीकार्य छैन,’ उनले भने ।
माओवादी सांसद लेखनाथ दाहालले जेठ १० गते प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको दाबी गरेका थिए । बैठकमा एमालेले मााओेवादीका सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति संसद्को रोष्टमबाट दिइएको बताए । भने, “कुनै हालतमा सदन रोकिनुहुँदैन भन्नेमा प्रष्ट छौँ । सत्तापक्षबाट जिम्मेवार सांसदले जे कुुरा राख्नुभयो, त्यो गैरजिम्मेवार छ ।’ उनले पशुपतिमा सुनको जलहरी लगाउनुपर्नेमा पित्तलको जलहरी लगाउँदा दलको नेताले भ्रष्टाचार गरेको आरोप लगाएको अडियो आफूले घरिघरि सुनेको बताए । “प्रमुख प्रतिपक्षीमाथि आरोप लगाएर भन्नुभयो । मलाई विश्वास लागेन । मैले घरीघरी सुनेँ । तीनपटक सुनेँ,” उनले भने ।
उनले प्रमुख प्रतिपक्षी भएकाले वेटिङ गभर्मेन्टको नेतामाथि आरोप लगाइएको बताए । यस्तो आरोप सत्तापक्षले लगाएको भन्दै आरोप टाउकोमा बोकेर प्रक्रियामा कसरी भाग लिन सक्छौँ भन्दै प्रश्न गरे । “दूधको दूध, पानीको पानी होस् । यो कुरालाई टुंगोमा पुर्याउँ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
तस्विरमा हेर्नुस गुलियो क्याण्डी बेच्ने भाइको तीतो कथा
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार