प्रधानमन्त्री प्रचण्डको जेठ १७ देखि २० सम्म भारत भ्रमण तय
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १२:४३:३०
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ १७ गतेदेखि २० गतेसम्म छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन् । नेपाल र भारत दुवै देशले प्रधानमन्त्री प्रचण्डको चार दिने औपचारिक भारत भ्रमणको तालिका सार्वजनिक गरेका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालका प्रधानमन्त्रीले यही जेठ १७ गतेदेखि २० सम्म भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् ।
परराष्ट्र मन्त्रालयले भारतको विदेश मन्त्रालयसँग सहकार्य गरेर दाहालको भ्रमण जेठ १७ देखि २० सम्म गर्न गृहकार्य गरेको थियो । जसमा दुवै मुलुकले सहमति जनाएका हुन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्न लागेको जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, मन्त्रीहरू, सचिवहरू र नेपाल सरकारका उच्च अधिकारीहरू सम्मिलित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग जेठ १८ गते हैदराबाद हाउसमा प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्नेछन् । वार्तापछि संयुक्त पत्रकार सम्मेलन पनि हुनेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री प्रचण्ड र नेपाली प्रतिनिधिमण्डलको सम्मानमा दिवा भोजको समेत आयोजना गर्नेछन् । त्यस्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै गत पुसमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण भएको भनेको छ । प्रधानमन्त्री प्चण्ड नेपाल फर्किनुअघि मध्य प्रदेशको इन्दोर र उज्जैन भ्रमण गर्ने नेपालको परराष्ट्र र भारतको विदेश मन्त्रालय दुवैले जनाएका छन् ।
यस भ्रमणले भारतको ’छिमेकी पहिलो’ नीतिलाई अझ सुदृढ गर्दै नेपाल र भारतबीच सम्बन्ध अझ मजबुत बनाउने भारतीय विदेश मन्त्रालयले जनाएको छ । ’पछिल्ला केही वर्षमा दुई देशबीच सहकार्यका सबै क्षेत्रमा महत्त्वपूर्ण रूपमा सम्बन्ध मजबुत भएको छ,’ भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
अशोक राई नेतृत्वको जसपामा तोकियो जिम्मेवारी
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार