संशोधन प्रस्तावलाई वेवास्ता गर्दै नीति तथा कार्यक्रम पारित
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ८:५४:०
१४ जेठ, काठमाडौं । संशोधनका लागि परेका २० वटा प्रस्तावलाई लत्याउँदै सरकारको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसदमा आफ्नो सम्बोधनमार्फत पेस गरेको नीति तथा कार्यक्रम कुनै परिमार्जनबिना एक साताभन्दा बढी समय छलफल गरेर पारित भएको हो ।
राष्ट्रिय सभाले परेका तीन वटा संशोधन अस्वीकृत गर्दै ९ जेठमा बहुमतले पारित गरेको थियो भने २० वटा संशोधन परेको प्रतिनिधिसभाले एउटा पनि नसमेटेर बहुमतका आधारमा हुबहु पारित गरेको हो ।प्रतिनिधिसभाले १६ वटा संशोधन प्रस्ताव अस्वीकृत गरेको थियो भने चार वटा प्रस्ताव सांसदले आफैँ फिर्ता लिएका थिए ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्तिको समर्थनमा नीति तथा कार्यक्रम पारित हुँदा एमाले, रास्वपा, राप्रपा, नेमकिपा र जनमोर्चाले असहमति राख्दै विपक्षमा उभिएका थिए । सदनमा आठ दिनसम्म छलफल भएको नीति तथा कार्यक्रममा कुनै परिमार्जन भएन । ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा भएको छलफलबाट विगतजस्तै अहिले पनि नीति तथा कार्यक्रम परिमार्जन गर्न सम्भव नभएको स्पष्ट पारेका पार्दै बजेटबाट सम्बोधन गर्ने आश्वासन दिएका थिए । उनले संसदको छलफलबाट केही नहुने भन्ने होइन, बजेटबाट पनि सम्बोधन गर्न सकिन्छ भन्दै त्यसकारण छलफलको कामै छैन भन्नु उपयुक्त नहुने बताएका थिए ।
आफू नेतृत्वको दुइटै गठबन्धनका साझा न्यूनतम कार्यक्रमलाई समेटेर आएको नीति तथा कार्यक्रम राष्ट्रियहितको दस्तावेज भएको उनले जिकिर गरे । अर्थतन्त्र पूर्ण रूपमा चुनौतीबाट मुक्त नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनर्संरचना, पुनरुत्थानलाई उच्च प्राथमिकता राखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
बैशाख १८, २०८१ मंगलबार
रवि जी, ‘बारा र इलाममा जमानत जफत भयो, २०८४ मा कसरी बहुमत आउला ?’: राउत
बैशाख १८, २०८१ मंगलबार
इलाममा माओवादीबाहेक सबैको मत परिक्षण, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
वीरगन्जबाट नक्कली नोटसहित दुई जना पक्राउ
बैशाख १८, २०८१ मंगलबार
चीनको कारखाना गतिविधि लगातार दोस्रो महिनामा वृद्धि
बैशाख १८, २०८१ मंगलबार
ग्लोबल आईएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्डको १ अर्ब ३२ करोड लगानी
बैशाख १८, २०८१ मंगलबार
एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
बैशाख १८, २०८१ मंगलबार
बगर खेतीको हेरचाह गर्नका लागि किसानले बनाएका झुपडी
बैशाख १८, २०८१ मंगलबार
तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड
बैशाख १८, २०८१ मंगलबार