४५ दिनभित्र संसदीय सुनुवाइ नभए सिफारिस भएका व्यक्तिको स्वत: नियुक्ति हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १४:५२:२
![](https://nepalbahas.prixacdn.net/media/albums/Rastrapati-ramchandra-Poudel-samsadma-niti-karyakram-5-1024x683_DrrHYfCxla_YPgVCzntF3.jpg)
१४ जेठ, काठमाडौं । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित गरिएको छ । आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो । पारित नियमावलीले यसअघिकै संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने नियम संशोधन भएको छैन् ।
यो नियम यथावत राखिएपछि अब प्रधानन्यायाधीश लगायत संवैधानिक निकायमा सिफारिस भएका व्यक्तिको सुनुवाइका लागि पत्रकाटेको ४५ दिनसम्म पनि सुनुवाइ हुननसके स्वतहः सिफरिस भएको पदमा नियुत्ति भएको मानिनेछ ।
यसलाई संशोधन गरिनुपर्ने आवाज उठाउँदै विभिन्न सांसदहरुले संशोधनको प्रस्ताव राखेका थिए । तर, संशोधान प्रस्तावमाथि छलफल नगराई नियमावली बहुमतबाट पारित गरिएको छ । यसअघि २०७५ सालमा बनेको संयुक्त समिति कार्यसञ्चालन नियमावलीमा संसदीय सुनुवाइ समितिले सुनुवाइका लागि पत्र प्राप्त भएको ४५ दिनभित्र संसदीय सुनुवाइ गरिसक्नुपर्ने बाध्यता थियो । अन्यथा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था उक्त नियमावलीमा थियो ।
विगतमा यो ४५ दिनको हदम्यादको दुरुपयोग भएको भन्दै यसपटक नियमावली बनाउने बेलामा प्रश्न समेत उठेको थियो । तर उक्त प्रश्नको निरुपण नगरी पुरानै व्यवस्था कायम राखेर नियमावली पारित गरिएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक परिषदसम्बन्धी ऐन संशोधन गरी दुई पटकमा संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति सिफारिस गरेको थियो । उनीहरुको पनि सुनुवाइ नभएपछि सोझै शपथ गराइएको थियो । संसदीय सुनुवाइ बिनै संवैधानिक नियुक्ति भएको विषयमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।
पारित नियमावलीको नियम २६ को उपनियम २ मा भनिएको छ, ‘‘प्राप्त नामावालीमाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाइ गरी प्रस्तावित पदको लागि समितिको निर्णयसहित सम्बन्धित निकायमा पठाउनुपर्नेछ । उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेका सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार