नागरिकता पाउने भएपछि गैर आवासीय नेपाली खुसी
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १०:२२:२२
१८ जेठ, काठमाडौं । गैर आवासीय नेपालीहरूले नागरिकता पाउने बाटो खुलेसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेसँगै गैर आवासीय नेपाली नागरिकता पाउने भएका हुन् ।
अब नेपाली नागरिकता त्यागेर विदेशमा बसेका व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउनेछन्। गैर आवासीय नागरिकता दक्षिण एसियाबाहेक अरू देशमा बसोबास गर्नेले मात्र पाउने छन् । गैर आवासीय नागरिकता पाउन पाँच वटा प्रमाण निवेदनसाथ बुझाउनुपर्ने छ । यो विधेयक पास भएसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट एक विज्ञप्ति जारी गर्दै स्वागत गरेका हुन् ।
सभापति विष्टले विधेयक प्रमाणीकरणसँगै विदेशमा रहेका आम नेपालीले उठाउँदै आएको गैर आवासीय नेपाली नागरिकताको अधिकारको सुनिश्चितता भएको साथै विदेशमा बस्ने नेपालीको हक, अधिकार तथा सदैव नेपाली हुने कानुनी आधारका लागि समेत बाटो खुलेको बताएका छन् । नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रियाको लागि ऐतिहासिक उपलब्धिको दिन भएको विष्टले उल्लेख गरेका छन् ।
’भूगोलमा जहाँ रहे पनि सबैभन्दा पहिले हामी नेपाली हौं। हाम्रो हक, अधिकारको सुनिश्चितता गर्ने पहिलो जिम्मेवारी नेपाल सरकारको हो । यसका लागि विश्वभर छरिएर रहेका आम नेपाली जनसम्पर्क समितिका सदस्य र गैर आवासीय नेपाली संघले निरन्तर आवाज उठाउँदै आएको जगजाहेर नै छ । हाम्रो निरन्तरको सामूहिक अनुरोध र संगठित आवाजलाई आज हाम्रो मातृभूमिको सरकारले सुनेको छ । यसका लागि हामी हाम्रो मातृपार्टी नेपाली कांग्रेसको नेतृत्व र संसदमा रहेका माननीयज्यू सबैलाई एकमुष्ट धन्यवाद दिन चाहन्छौं,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैगरी यस विधेयकका पक्षमा उभिने सबै राजनीतिक दलका नेता र प्रतिनिधि सभा एवं राष्ट्रिय सभाका माननीयप्रति पनि विष्टले आभार व्यक्त गरेका छन ।
’विधेयकलाई प्रमाणीकरणका लागि पहलकदमी लिने वर्तमान नेपाली कांग्रेससहितको गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल र सिंगो मन्त्रीपरिषद्लाई विशेष धन्यवाद दिन चाहन्छौं। साथै प्रमाणीकरण भैसकेको यो विधेयकलाई अब तत्काल कार्यान्वयनका लागि आवश्यक नियमावली बनाउनेलगायतका अन्य सरोकारका काम नेपाल सरकारबाट तत्काल सुरु हुनेछ भन्ने अपेक्षासहित प्रक्रिया अघि बढाउन अनुरोध समेत गर्दछौं । यसका साथै हामी विदेशमा रहेका आफ्ना नेपाली नागरिकलाई मताधिकार दिने बारे सर्वोच्च अदालतले गरेको निर्णय तत्काल कार्यान्वयन गर्दै अधिकारको सुनिश्चितता गर्नका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
संसद्को संयुक्त बैठक जेठ १ मा : राष्ट्रपति पौडेलले सम्बोधन गर्ने
बैशाख २८, २०८१ शुक्रबार
त्रिदेशीय रणनीतिक सडक निर्माण सुस्त गतिमा
बैशाख २८, २०८१ शुक्रबार
बुलबुले तालमा मोटरबोट सञ्चालन
बैशाख २८, २०८१ शुक्रबार
नुवाकोटको रमणीय पर्यटकीय क्षेत्र घ्याङस्वारा
बैशाख २८, २०८१ शुक्रबार
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, एकजना घाइते
बैशाख २८, २०८१ शुक्रबार
वर्षे अधिवेशनको पहिलो दिन: खोज्दा-खोज्दै नभेटिएको ‘सहमति’
बैशाख २८, २०८१ शुक्रबार