४० वर्षदेखि दाहिने उचालेर बसिरहेका भारती बाबा
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १०:१९:१२
२१ जेठ, एजेन्सी । तपाइलाई आफनो बाल्यकालको दण्ड याद छ, हात उठाएर उभिएर शिक्षकले कसरी सजाय दिन्थ्यो । २–३ मिनेटपछि मात्रै राखे पनि हात फतक्क गलेर अवस्था बिग्रन सक्छ तर यस्तो अवस्थामा हामी तपाइलाई भारतमा एक जोगीका बारेमा बताउँछौं, जसले आफनो हात हावामा केही घण्टा वा केही दिनको लागि होइन, पुरै ४०–४० बर्ष देखी उचालेर राखिरहेका छन् ।
तस्बिरमा देखिएका यी बाबाको नाम अमर भारती हो, जसले सन् १९७३ मा केही गर्ने निधो गरेका थिए, जसको बारेमा हामी र तपाईले कल्पना पनि गर्न सक्दैनौँ । हो, आज पनि अमर भारतीले १९७३ देखि आफ्नो दाहिने हात हावामा उचालेका छन् । तस्विर हेरेर तपाइले यो अनुमान लगाउन सक्नुहुन्छ कि यति वर्षसम्म हावामा उठाएको हातको के भयो ? यसरी लामो समयसम्म एकोहोरो हात उठाउनु पर्दा केही वर्षमै उनको हात सुक्यो र छाला र हड्डी एउटै टुक्रा भयो ।
अमर भारतीको यो निर्णयलाई उनको भगवानप्रतिको भक्ति र विश्वव्यापी सद्भाव प्रवर्द्धन गर्ने उनको मिशनको प्रतीकका रूपमा हेरिएको छ । कसैले चाहेर पनि गर्न नसक्ने काम अमर भारतीले यो कार्य गरिरहेका छन् । यो सबै देख्नेहरूले उनको शक्ति, भक्ति र जोशको प्रशंसा गर्नबाट आफूलाई रोक्न सक्दैनन्
भारती एक प्रसिद्ध भिक्षु हुन्, जसले कुम्भ मेला र महत्त्वपूर्ण धार्मिक कार्यक्रमहरूमा भाग लिने गर्छन्। आफ्नो जीवनकालको कुरा गर्दा १९७० भन्दा पहिले अमर मध्यम वर्गीय परिवारका व्यक्ति थिए, जसले सामान्य जीवन बिताउँथे । सर्वसाधारणजस्तै उनीहरू पनि जागिर गर्थे । घरमा श्रीमती र छोराछोरी थिए, तर एक दिन बिहान उठेर उनले आफ्नो सम्पूर्ण जीवन भगवान शिवको सेवामा समर्पित गर्ने निर्णय गरे र कहिल्यै पछाडि फर्केर हेरेनन् ।
हालै भाईरल भइरहेको उनको तस्विर देखे पछि इन्टरनेट प्रयोगकर्ताहरूले बाबाको भक्तिको प्रशंसा गरिरहेका छन्। कतिपयले अझै विश्वास गर्न नसकेको जनाईरहेका छन भने कसैले बाबा कसरी सुत्छन त ? भनेर सोधिरहेका छन । जे सुकै होस, उनी बिगत ४० बर्ष देखी आफनो हात उचालेर भगवान शिवमा लिन भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
बैशाख २५, २०८१ मंगलबार
गाजामा बढ्दो तनावबीच रफाह आक्रमण विरुद्ध राष्ट्रसङ्घीय प्रमुखको चेतावनी
बैशाख २५, २०८१ मंगलबार
पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिँदै
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार