गर्मी मौसममा खाने उपयोगी ६ तरकारी यस्ता छन्
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १३:२५:३६
२१ जेठ, काठमाडौं । यो जेठ महिना । हामी अहिले यो महिनाको अन्तिम सातामा छौँ । यतिबेला गर्मि नि ह्वातै बढेको छ । गर्मी मौसममा खानपानमा अलिकता लापरवाहीले पनि बिरामी पर्ने सम्भावना हुन्छ । जाडो मौसमको तुलनामा गर्मीमा पाचन शक्ति कमजोर हुन्छ ।
यस्तो बेला बढी तारेको या मसालायुक्त खाना धेरै खानुहुँदैंन । फुड प्वाइजनको समस्या हुने पनि यही मौसममा हो । त्यसैले यो मौसममा हल्का या सजिलै पच्ने खालको खाना खानुपर्छ । हुन त गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ।
यो गर्मी मौसमले रोग ल्याउने होइन, मौसमअनुसारको खानपान शैली नअपनाउँदा बिरामी भइन्छ भन्ने कुरा बुझ्न जरुरी छ । गर्मी मौसममा शरीरले चिसो मौसमभन्दा केही फरक खाना खोज्छ। जस्तैः चिसो मौसममा थोरै पानी खाँदा पनि केही फरक पदैन, तर गर्मीमा पानी अलि बढी नखाए बिरामी हुने संभावना अधिक हुन्छ।
साथै गर्मी मौसममा चिल्लो र मसलेदार खानेकुरा रोग निम्त्याउने झ्याल जस्तै हुन्। त्यसैगरी जंकफुड खानु त सरासर रोगसँग साक्षात्कार गर्ने दुश्कर्म हो। यही मौसममा टायफाइड, जन्डिस, आउँजस्ता रोग निम्तिने र फैलिने भएकाले पनि खानेकुरामा ध्यान दिन जरुरी छ। यस कारण पनि यो गर्मी मौसममा कस्तो खानपान गर्नाले फाईदाजनक हुन्छ ध्यान दिन जरुरी छ ।
लौका
लौकामा करिब ९६ प्रतिशत पानी हुन्छ । सलादमा काँक्रोले काम गरेजस्तै यसले तरकारीमा पनि त्यस्तै काम गर्छ । लौका चिसो खालको तरकारी हो । यसले कलेजो स्वस्थ राख्न मद्धत गर्छ । क्यालोरी कम हुने भएकाले सजिलै पचाउन सकिन्छ । गर्मी मौसममा यसले पेट सफा पार्छ । ग्यास बन्न दिँदैंन । फाइबर पनि हुने हुनाले अल्सर, पायल्स र ग्यास्ट्रिकका रोगीका लागि लाभदायी हुन्छ ।
प्याज
गर्मी मौसममा प्याज वरदान नै हो । यसमा भिटामिन सी, भिटामिन बी ६ र म्याङगनिजको मात्रा भरपूर हुन्छ । यसका अलावा क्याल्सियम, आइरन, फोलेट, म्याग्नेसियम, फस्फोरस र पोटासियम पनि पाइन्छ । यसमा क्वेरसेटिन नामक एन्टीअक्सिडेन्ट पनि हुन्छ । यो मौसममा काचो प्याज खानाले लू पनि लाग्दैन । यसलाई तरकारीको रुपमा मात्र नभई काचै सलादका रुपमा खान सकिन्छ ।
करेला
स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यो सजिलै पच्छ । यसमा फस्फोरस पाइने भएकाले कफको समस्या हटाउन पनि मद्धत गर्छ । यसका साथै प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस र भिटामिन पाइन्छ । करेलाले पाचनशक्ति मजबूत पार्ने भएकाले भोक पनि जगाउछ । यो चिसो खालको तरकारी भएकाले गर्मी मौसममा उपयोग गर्नु राम्रो मानिन्छ ।
हरियो सिमी
हरियो सिमीले पनि शरीरलाई आवश्यक पोषक तत्व प्राप्त हुन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ए, सी र बी ६ पाइन्छ । यो फोलिक एसिडको पनि राम्रो स्रोत हो । यसका अलावा क्याल्सियम, सिलिकन, आइरन, म्याङनिज, बिटा क्यारोटिन, पोटासियम र कपर तत्व पनि सिमीमा पाइन्छ । पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले पनि यसले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ । कोशिकाहरुको क्षति ठीक गरी नयाँ कोशिका निर्माण गर्न पनि मद्दत गर्छ ।
फर्सी
फर्सी खनिज तत्वले भरपूर हुन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्छ भने एसीडीटी हटाउन र तौल कम गर्न मद्धत गर्छ । यसको बियाँले प्रोस्टेट क्यान्सरका बिरामीलाई फाइदा पुग्छ । यसमा आइरन, म्याग्नेसियम, सेलेनियम र फस्फोरस हुन्छ । गर्मी मौसममा पेट गडबड हुनेहरुका लागि यो निकै राम्रो खाद्यपदार्थ हो ।
गोलभेंडा
दिनुहँ एउटा गोलभेंडा खाने हो भने धेरै खालका रोगबाट बच्न सकिन्छ । यसमा भिटामिन ए र सी, फोलेट, पोटासियम, फाइबर र सबै खालका एन्टी अक्सिडेन्ट पाइन्छ । गोलभेंडा खानाले शरीरको रोगप्रतिरोधी क्षमता मजबूत हुन्छ भने रक्तचाप पनि नियन्त्रणमा आउँछ । त्यसैले मुटुका रोगीका लागि यो निकै उपयोगी मानिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
शनिदेवको पूजा गर्दा दिशामा विशेष ध्यान दिनुपर्छ
बैशाख १५, २०८१ शनिबार
गुडको यो उपायले सफलता मिल्छ, धनसम्पत्ति बढ्छ
बैशाख १५, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार
लगानीकर्ताको स्वागतमा काठमाडौं
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन आइतबारदेखि सुरु, ५५ देशका लगानीकर्ता आउँदै
बैशाख १५, २०८१ शनिबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार
अमेरिकाले युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने घोषणा
बैशाख १५, २०८१ शनिबार