बागलुङमा स्वास्थ्य बिमाको पहुँच बढ्दै
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:३३:२८
२५ जेठ, गलकोट । बागलुङ नगरपालिका–४ उपल्लाचौरका मोहदत्त आचार्यले स्वास्थ्य बिमा गर्न थालेको छ वर्ष पुग्यो । स्वास्थ्य बिमाबाट उपचार गराउँदा ठूलो राहत मिलेको आचार्यको भनाइ छ ।
“लगातार छ वर्षदेखि स्वास्थ्य बिमा गर्दै आएको छु, गत वर्ष त रु एक लाख रकम नै उपचारमा सकियो, रु तीन हजार पाँच सय रकम तिरेर रु एक लाखको उपचार पाउँदा निकै राहतको महसुस भयो”, आचार्यले भने, “स्वास्थ्य बिमाले उपचारमा सहज बनाएको छ, अहिले स्वास्थ्य बिमा गर्न आवश्यक छ भनेर आफैँले समेत अरुलाई भन्ने गरेको छु ।”
बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो । पैसा बोकेर अस्पताल जाने व्यक्ति अहिले स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल धाउन थालेका छन् । आर्थिक अवस्था कमजोर भएकालाई स्वास्थ्य बिमाले निकै सजिलो भएको बिमाकर्ता बताउँछन् । अहिले धौलागिरि अस्पतालमा दैनिक न्यूनतम तीन जना स्वास्थ्य बिमा गरेका बीमित सदस्य नियमित सेवा लिन अस्पतालमा आउन थालेको धौलागिरि अस्पतालको भनाइ छ । अस्पतालमा दिन नसकिएको सिटिस्क्यान, एमआरआइ र अन्य ठूला रोगको उपचारका लागि स्वास्थ्य बिमाबाटै अन्यत्र सिफारिस गर्दै आएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या क्रमशः बढ्दै आएको छ । स्वास्थ्य बिमाबाट बीमित परिवारलाई रु एक लाख बराबरको एक वर्षसम्म निःशुल्क उपचारको सेवा प्रदान गर्ने भएपछि बिमा कार्यक्रममा सहभागी हुनेको सङ्ख्या पनि उल्लेख्यरुपमा वृद्धि भएको छ । जिल्लामा ४० प्रतिशत नागरिक हाल स्वास्थ्य बिमाको पहुँचमा आइसकेको स्वास्थ्य बिमा बोर्ड बागलुङले जनाएको छ ।
बागलुङमा ३१ हजार नौ सय १० परिवारका ९७ हजार नौ सय ८९ जना स्वास्थ्य बिमामा आबद्ध भएका स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष स्वास्थ्य बिमा गर्नेको सङ्ख्या सात प्रतिशतले वृद्धि भएको जिसीको भनाइ छ ।
बागलुङमा रु ५१ हजार सात सय ३३ महिला र ४६ हजार दुई सय ६१ पुरुष स्वास्थ्य बिमामा आबद्ध भइसकेका तथा सबैभन्दा बढी बिमा बागलुङ नगरपालिकामा भएको उनले बताए । “विपन्न समुदायका लागि स्वास्थ्य बिमा निकै प्रभावकारी बनेको छ, उपचार पाएकाले बिमा नवीकरण गर्ने गरेका छन्, केहीले उपचार नपाएको गुनासोसमेत गर्ने गरेका छन्”, जिसीले भने, “बिमाबाट सेवा पाएकाले अन्यलाई समेत बिमा गर्न हौसला दिएका छन्, त्यसैको प्रभावले बिमामा आबद्ध हुनेको सङ्ख्या क्रमशः वृद्धि भएको छ ।”
यस वर्ष स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा १० प्रतिशत वृद्धि गरी ५० प्रतिशत पु¥याउने योजना रहेको जनाइएको छ । बागलुङका १० स्थानीय तहमध्ये केही पालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि हुँदै आएको हो । जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बिमा गराउन थालेका छन् ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बिमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाले गरिब तथा विपन्नका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने योजनाका साथ कार्यक्रम अगाडि बढाएका छन् ।
बडिगाड गाउँपालिकाले अतिविपन्न, एकल महिला, एकल पुरुष, स्वास्थ्य स्वयंसेविका र अपाङ्गता भएकाको निःशुल्क बिमा गर्न थालिएको बडिगाडका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।
बिमा कार्यक्रममा सहभागी गराउन जिल्लामा ७८ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । स्वास्थ्य बिमा गरेका बिरामीका लागि बागलुङ सदरमुकाममा रहेको धौलागिरि अस्पताल, ढोरपाटनमा रहेको बुर्तिबाङ प्रास्वाके, गल्कोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पताल प्रथम सेवा बिन्दुका रुपमा रहेर बीमितलाई उपचार सेवा दिइरहेको स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए ।
धौलागिरि अस्पतालमा मात्रै दैनिक ८० प्रतिशत बिरामी स्वास्थ्य बिमाका बीमित सदस्य आउने गरेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिए। ग्रामीण क्षेत्रका विपन्न परिवारलाई अझै पनि स्वास्थ्य बिमाको फाइदाका विषयमा जानकारी हुन नसक्दा उनीहरु बीमित हुन नसकेको स्वास्थ्य बिमा बोर्डको भनाइ छ ।
पाँच जनाको परिवारले रु तीन हजार पाँच सय तिरेमा एक वर्षसम्मका लागि रु एक लाखसम्मको स्वास्थ्य बिमाले तोकेको अस्पतालमा उपचारका लागि रकम तिर्नु पर्दैन । यदि परिवारमा थप सङ्ख्या भए एक जना बराबर रु सात सय थप गर्नुपर्छ । बिमा कार्यक्रममा ज्येष्ठ नागरिक, अतिगरिब परिवार, एचआइभी एड्स सङ्क्रमित र द्वन्द्वपीडितलाई परिचयपत्रका आधारमा निःशुल्क बिमा गर्ने गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री प्रचण्डले गराए वीर अस्पतालमा दाँतको उपचार
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार
बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन
बैशाख २५, २०८१ मंगलबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
लिङदेनको प्रश्न : प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?
बैशाख २७, २०८१ बिहिबार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार