कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स् कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:२:४२
२६ जेठ, काठमाडौं । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स् पठाउन अत्यन्तै सहज हुने भएको छ ।
रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र हानपासका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किम क्यूङ हुनबीच सम्झौता भयो । सम्झौतासँगै अब नेपालीहरूले नेपाल रेमिट मार्फत कोरियाको रेमिट्यान्स् एजेन्टबाट मात्र नभइ मोर्बाइल एप, मोबाईल वालेटबाट नेपालका कुनैपनि बैंक खाता तथा नेपालमा सञ्चालनमा रहेका ११ वटा भन्दा बढि वालेटहरूमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।
मोबाईल एप तथा वालेटबाटै रेमिट्यान्स् पठाउन सकिने भएपछि कोरियामा रहेका नेपालीहरूले आफु काममा रहेकै अवस्थामा पनि नेपालमा रेमिट्यान्स् पठाउन सक्ने भएपछि समय र खर्च दुबैको बचत हुनेछ । सम्झौतापछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने ‘हानपासजस्तो बहुप्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा हामीलाई एकदम गर्व लागेको छ । अबदेखि नेपालीले नेपाल रेमिट मार्फत छिटो छरितो, सरल, सुलभ, र भरपर्दो रूपमा नेपालमा रकम पठाउन सक्नुहुनेछ’ ।
नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.ले विगत १७ वर्ष देखि नेपालमा विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्राउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशमा रहेका रेमिट्यान्स् कम्पनीसँगको सहकार्यमा नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।
यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले नेपालभर रहेका नेपाल रेमिटका १५ हजार भन्दा बढि एजेन्टबाट रकम प्राप्त गर्न थप सहजिकरण हुनुका साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।
हानपास कोरिया तथा विश्वव्यापी ठुलो सन्जाल भएको कोरियन कम्पनी हो । यसले नेपाल सँगसङै अन्य देशमा अत्याधुनिक प्रविधिबाट रेमिट्यान्स् पठाउन सकिने व्यवस्था मिलाएको छ । दक्षिण कोरियाको राजधानी साउलमा मूख्यालय रहेको हानपासले थोरै सेवा सुल्कमा रेमिट्यान्स् सेवा दिने भएकाले नेपालीलाई धेरै प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
युक्रेन नजिकै सेनासँग आणविक अभ्यास गर्न पुटिनको आदेश
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
हामी एक ढिक्का छौँ, जसपाको फुट निन्दनीय: नेकपा एस
बैशाख २४, २०८१ सोमबार
अशोक राई नेतृत्वको जसपाले पायो मान्यता, दल दर्ता गर्ने आयोगको निर्णय
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
टी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार