स्पष्टीकरणले पर्यटन मन्त्री किराँती र प्राधिकरणका महानिर्देशक अधिकारीबीचको विवाद सतहमा
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १७:३१:२२
१२ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बीचको विवाद सतहमा आएको छ । प्राधिकरणका काम कारबाहीलाई लिएर अधिकारीप्रति असन्तुष्ट बनेका मन्त्री किराँतीले अधिकारीलाई नौ बुँदे स्पष्टीकरण सोधेपछि विवाद सतहमा आएको हो ।
एक साताभित्र जवाफ दिन भनिए पनि अधिकारीले मन्त्री सुदन किराँतीले सोधेको स्पष्टीकरणको जवाफ नदिने अडान लिएका छन् । सोमबार किराँतीले महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । मन्त्री किराँतीले स्पष्टीकरण पत्र सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । किराँतीले यसअघि पनि यस्ता विषयहरूलाई फेसबुकमा राख्दै आएका छन् ।
मन्त्रालयको नीति विपरीत अभिव्यक्ति दिएको भन्दै पर्यटनमन्त्री किराँतीले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै सात दिनभित्र स्पष्ट जवाफसहितको विवरण पेस गर्ने गरी अधिकारीलाई निर्देशन दिएका थिए । मन्त्री किराँतीको हेलिपाेर्ट सम्बन्धी मन्त्रीस्तरिय निर्णयप्रति असहमति जनाएपछि स्पष्टीकरणपत्र सोधिएको बताइएको छ ।
चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा पनि अधिकारीले असन्तुष्टि जनाएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने बजेटमा भएको व्यवस्था र नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका थिए ।
स्पष्टीकरणमा मन्त्री किराँतीले बजेट तथा कार्यक्रममा प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने उल्लेख भए सोही बमोजिम प्रक्रिया अघि बढिसकेको अवस्थामा तपाईले नेपाल सरकारको उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने कार्य प्राधिकरण नियमावली विपरीत छ, के कति कारणले तपाईले आफ्नो पदीय जिम्मेवारी विपरीत बोल्नुभएको हो भन्दै सोधेका छन् ।
अधिकारीलाई नेपाली दर्ताका दुई वटा विमान र तीन वटा हेलिकोप्टर दुर्घटना भएको भन्दै मन्त्री किराँतीले उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न असफल भएको आरोप लगाएका छन् । यस्तै, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको विषयमा पनि अधिकारीले स्पष्ट कार्य नगरेको उल्लेख छ ।
उडान सुरक्षा प्रतिकूल हुने गरी काम गरेको, पोखरा विमानस्थलमा उडानसम्बन्धी सम्पूर्ण तयारी नगरी उडान सुरु गरेर उडान सुरक्षामा गम्भीर लापरबाही गरिएको लगायत विषयमा जवाफ मागिएको छ । मन्त्रालयका तर्फबाट स्पष्टीकरण सोधिएपछि मन्त्री किराँतीले सो निर्णय भएको विषयमा सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए । महानिर्देशक अधिकारीले आफूलाई अति जरुरी र गोप्य भनेर आएको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएकाले त्यसको स्पष्टीकरण पेश नगर्ने बताएका छन् ।
अधिकारीले आफू कुनै पनि कारबाही फेस गर्न तयार रहेको भन्दै स्पष्टीकरण नदिने भन्दै बसेको प्राधिकरणका कर्मचारीले बताएका छन् । उनको भनाइ उद्धृत गर्दै प्राधिकरणका एक कर्मचारीले भने, महानिर्देशक अधिकारीले राष्ट्रिय सुरक्षामा नै गम्भीर असर पर्ने खालका सूचना चुहिने गरी मन्त्रीज्यूले पत्र सामाजिक सञ्जालमा राख्नुभएको छ, यो सही छैन । म जवाफ पनि दिन्न भन्नु भएको छ ।’
यसअघि मन्त्री किराँतीले नेपाल वायुसेवा निगमले जहाज थप गर्नका लागि खरिद प्रक्रिया अगाडि बढाउने सन्दर्भमा मन्त्रालय निकट रहेका केहीले व्यक्तिले स्वार्थ समूह र माफियाहरूसँग मिलेर असफल बनाउने प्रयास गरिरहेको बताउँदै आएका थिए । पछिल्ला दिनमा मन्त्री किराँती र महानिर्देशक अधिकारीबीच विभिन्न विषयमा टसल हुँदै आएको कर्मचारीहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
कतार एयरवेजको विमान उड्ने क्रममा धुवाँ देखियो, प्राविधिक परीक्षण हुँदै
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
‘पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ’ : पल
बैशाख २७, २०८१ बिहिबार
कालिजले बजार नपाउँदा व्यवसायी मारमा
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी
बैशाख २७, २०८१ बिहिबार
बजेट थप नहुँदा ५७४ टुक्रे योजना अलपत्र
बैशाख २७, २०८१ बिहिबार
उपेन्द्र यादवको कार्यशैली ठीक नभएको कारण नयाँ दल बनायौं : अशोक राई
बैशाख २७, २०८१ बिहिबार
हाटबजारको खुला शौचले विद्यार्थीमा मनोवैज्ञानिक असर
बैशाख २७, २०८१ बिहिबार