‘गौरिकाको साहसिक यात्रा’ बालकथा प्रकाशित
नेपालबहस संवाददाता
असार १९, २०८० मंगलबार १२:१६:५०
१९ असार, काठमाडौं । प्रविधि वा उपकरणको अति प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । जसको अंग्रेजी शीर्षक ‘Heroic Adventures of Gaurika’ छ ।
फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् । टर्कीबाट प्रकाशित पुस्तकलाई नेपालीमा डा. विमलकुमार सुवेदीले सम्पादन गरेका हुन् भने यसका सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् ।
मोबाइल, ल्यापटप र टीभीको अधिक प्रयोगले परिवारमा कसरी संवादहीनताको अवस्था सिर्जना भएको छ भन्ने यथार्थ कथाले भनेको छ । यो हाम्रै घरसमाजको यथार्थ हो । प्रविधिको बढी निर्भरताका कारण परिवारमा एक्लोपन र विरानोपको अवस्था कसरी आइरहेको छ भनेर एक परिवारको दैनिकीलाई कथामार्फत प्रस्तुत गरिएको छ ।
गौरिका बुबा आमासँग बोल्न चाहन्छिन्, दाजुसँग खेल्न र रमाउन चाहन्छिन् तर मोबाइलमा अभ्यस्त दाजु, ल्यापटपमै झुन्डिइरहने आमा अनि सधैं टीभी हेरिरहने बुबासँग उनी दिक्क बन्छिन् । यस्तो अवस्था बदल्न उनी योजनामा लाग्छिन् । किताब पढाउने, संवाद गर्ने, रमाउने समय निकाल्न अनेक प्रयास गर्छिन् । यो प्रयासमा उनी कति सफल होलिन् रु के परिवारका अन्य सदस्यले गौरिकाको योजनामा समर्थन गर्लान् ? प्रविधिको लत छुटाउन उनी सफल होलिन् रु अनि फेरि यो परिवार पहिलेजस्तै रमाइलो बन्ला ?
पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यवस्थापन कसरी मिलाउने, परिवारलाई कति बेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
११ अध्यायमा लेखिएको कथामा सुरुमा गौरिकाको दिक्दारी, योजना, सपना र सफलतालाई प्रस्तुत गरिएको छ । ७१ पृष्ठको पुस्तकको मूल्य २ सय १० रूपैयाँ राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुंगो’ सार्वजनिक
चैत २५, २०८० आइतबार
‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
चैत ३, २०८० शनिबार
पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा
माघ २८, २०८० आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार