मिटरब्याजी र कर्जा लिई सम्पर्कमा नआउनेहरुलाई देउरालीको १५ दिने अल्टिमेटम [ नामावली सहित ]
नेपालबहस संवाददाता
साउन ७, २०८० आइतबार १३:३५:५३
७ साउन, काठमाडौं । ललितपुरको सातदोबाटोस्थीत केन्द्रीय कार्यालय रहेको देउराली सहकारीले अनुचित लेनदेन गर्ने मिटरब्याजी र कर्जा लिइ पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआउने ठूला ऋणी तथा कर्मचारीलाई १५ दिने सूचना जारी गरि हिसाब मिलान गर्न आउन अनुरोध गरेको छ ।
देउरालीले विज्ञप्ति मार्फत उल्लेख गरेको छ‘ कर्जा लिई सम्पर्कमा नआउने र सम्पर्कमा रहेर पनि कर्जा तिर्न अटेर गर्ने व्यक्ति तथा संस्थालाई १५ दिन भित्र सम्पर्कमा नआए सरकारको कानुन अनुसार कार्यवाही अगाडि बढाउने जानकारी गराएको छ । यसरी सम्पर्कमा नआउनेमा रोविन मर्हजन ( पुल्चोक ललितपुर ), सीताराम राउत (धापाखेल, ललितपुर), विवेक केसी (धापाखेल ललितपुर), आशिष प्रधान (धापाखेल ललितपुर ) देबेन्द्र आर्चाय ( कीर्तिपुर ४) मोहन घिमिरे ( सामाखोसी काठमाण्डौ ), सुमन मर्हजन ( सातदोबाटो १५, ललितपुर देउरालीको सचिव), सञ्जय अधिकारी ( दरबारमार्ग रेमण्ड सुट पसलको साहु), रवी मर्हजन (सुनाकोठी कर्म कन्ट्रक्सनको साहु, विशाल नारायण भारी (कालीमाटी काठमाण्डौं), रुविन मर्हजन भैसेपाटी ललितपुर रहेका छन् ।
संस्थाको कर्जा लगानी लगानी गर्दा आफ्नो मनोमानी तरिकाले लगानी गरि र नगद अपचलन गरी भागेका कर्मचारीहरूमा अनन्त श्रेष्ठ ( सेवा केन्द्र भक्तपुरको प्रबन्धक, राजेन्द्र खत्री ( सेवा केन्द्र भक्तपुरका कर्जा मेनेजर ) सरोज थापा –कर्जा उपप्रमुख), पार्वता भुसाल (मुख्य कार्यालयको बजार प्रमुख), प्रेमिशा पुरी (मुख्य कार्यालयको नगद काउन्टर प्रमुख ), अनुप न्यौपाने ( मुख्य कार्यालय कर्जा प्रमुख ) रहेका चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पटक पटक ताकेता गरेपछि र सम्पर्कमा नआएपछि यसरी नामहरू सार्वजनिक गर्न आफू बाध्य भएको देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताएका छन् ।
सहकारीमा लामो समयदेखि कर्जा नतिर्ने अटेरी गर्ने ऋणिहरुको खाता, जाय जेथा रोक्का राखेर भएपनि कर्जा उठाउन सहकारी मन्त्रालयको सूचनाले सहयोग पुग्न अध्यक्ष चौलागाईंले बताए । बागमती प्रदेश सरकारले भनेको छ ‘विभिन्न बाहानाबाजी एवं केही पक्षले सहकारी संस्थाको ऋण तिर्न नपर्ने भन्ने भ्रामक र गैरजिम्मेवारीपुर्ण अभिव्यक्तिको आधारमा ऋण चुक्ता नगर्ने परिपाटीले सदस्यहरूको बचत फिर्ता गर्न असहज परिस्थिति सिर्जना भएको भन्ने गुनासा प्राप्त भएका छन् ।
देउराली सहकारीले साउन १५ गतेदेखि बचतकर्ताहरूकाे फिर्ता गर्न बाँकी रहेको रकमलाई क्रमिक रुपमा सदस्य सेवा केन्द्र न्युरोड बोलाई साना बचतकर्तालाई नगद र ठूला बचतकर्तालाई जग्गा दिने कार्य निरन्तर गर्ने अध्यक्ष चौलागाईंले बताए । देउराली सहकारी संस्था समस्यामा परेदेखि सातदोबाटोको मुख्य कार्यालय र भक्तपुरको सेवा केन्द्र बन्द गरी न्युरोडबाट सेवा दिने गरेको अध्यक्ष चौलागाईंले बताए । सहकारी विभाग नयाँ बानेश्वरले आगामी पौष मसान्तमा बचत फिर्ता नगद तथा जग्गाबाट गरिसक्नु पर्ने निवेदन जारी गरेपनि अध्यक्षले चाँडै नै देउरालीको बचत मिलान गरी पुन व्यवसायमा फर्कि बैँक तथा वित्तीय संस्थाको अगामी असार मसान्तसम्म मिलाइसक्ने बताएका छन् ।
चौलागाईंले साना तथा ठूला बचतकर्ताहरू र बैंकहरुकाे ऋण चुक्ता गरी कृषिमा क्रान्ति ल्याउने तरिकाले काम गर्ने बताएका छन् । उनको योजनामा १० लाख कुखुरा पालनको लागि आधुनिक खोर, पशुपालन, भैँसी र बाख्रा पालन, माछापालन, तरकारी खेती, दुग्धजन्य पदार्थको लागि दूध डेरीको स्थापना लगायत विभिन्न योजना बनाइ आन्तरिक तथा बाह्य उपभोक्तालाई वस्तु उत्पादन गर्ने वृहत् परियोजना बनाउने जानकारी पाइएको छ । करिब ३ हजार कर्मचारीलाई रोजगारी दिलाउने गरी काम गर्ने योजना रहेको कुरा अध्यक्ष चौलागाईंले बताए ।
चौलागाईं उक्त परियोजनाका लागि करिब ७०० करोड बराबारको लगानी लगाउने कुरा उनी बताउँछन् । उनी आफू सबैभन्दा बढी मिटरब्याजीबाट पिडित हुनु परेको जनाएका छन् । उनले सहकारी समस्यामा पार्ने मुख्य मिटरब्याजीलाई असार १२ गते मुद्दा दर्ता नं ३५ जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएका छन् । उक्त मुद्दा बैंकको स्टेटमेन्ट सहितको पुर्ण कारोबारको प्रमाण सहित पेस गरेको रिट मुद्दा दर्ता भएपछि २ जना मिटरव्याजीले चलनचल्ती भन्दा माथिको ब्याज फिर्ता गरी मुद्दा फिर्ता लिएको कुरा चौलागाईंले बताए ।
तर अरू मिटरब्याजीले पैसा फिर्ता नदिइ उल्टै चौलागाईंसँग कारोबार गर्दा १ करोड नगद दिँदा ५ करोडको चेक लिने गरेको पाइएको छ । उनीहरूले अध्यक्ष चौलागाईंलाई विभिन्न धाकधम्की दिने, चेक बाउन्सर गरी पुलिस केस गर्ने, तथा ज्यान मार्ने धम्की समेत दिने गरेका कुरा पाइएको छ । त्यसैले उनले नेपाल सरकारको सम्बन्धित निकायहरूसँग शान्ति सुरक्षा लिइसकेको र मिटरब्याजीहरुलाई हरहालतमा नछाड्ने बताउँछन्। मिटरब्याजी सम्बन्धी कानुन बनिसकेकोले आफू अब कदापि पछि नहट्ने बताउँछन् । मिटरब्याजीले ठूलो मात्रामा नगद, घर, जग्गा, लिएको सक्कल प्रमाण जिल्ला प्रशासन कार्यालयमा भेटिएको कुरा चौलागाईं बताए ।
आफ्नै कर्मचारीबाट समेत आफू पीडामा रहेको कुरा उनी बताउँछन् । उनले आफ्नै कर्मचारीहरूलाई पनि १५ दिने सूचना लिने सूचना जारी गरि आफूले प्रयोग गरेको सवारी साधन फिर्ता गर्न र लिएको कर्जा समेत फिर्ता गर्न अनुरोध गरेका छन् । नत्र कानुनी प्रक्रियाको बाटो अपनाउन आफू बाध्य हुनुपर्ने बताउँछन् ।
चौलागाईंले देउराली सहकारीको मुख्य कार्यालय रहेको भवनको मालिकलाई पनि मुद्दा हालेका छन् । उक्त घर देउराली सहकारी र चौलागाईंबीच १० वर्षका लागि सम्झौता भएको हो । केही समयदेखि भाडा नपाएको निहुँमा सुरेन्द्र गोपाल श्रेष्ठले नक्कली चाबी बनाइ देउराली सहकारीको महत्वपूर्ण डकुमेन्ट गायब गरेको त्यहाँ रहेको विभिन्न देवी देउताको बहुमूल्य सामान लगेको, ५ लाख मूल्य पर्ने एकुरेम र माछा मारेकोसहित १० करोडको क्षति पुर्याएको चौलागाईंले बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
देवकुमार नेपाली कहाँ छ, रवि दाइलाई थाहा छः पीडित
बैशाख १०, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार