लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटे
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार ११:१७:४५
२१ साउन, भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।
वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी टङ्क घिमिरेले बताए । स्थानीयको श्रमदानले राज्यको धेरै बजेट बचत हुने उनको भनाइ छ ।
“आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ”, उनले भने, “हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ । तर त्यस्तो होइन । हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ । हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौँ ।”
श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला, बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष मा¬ङ्पाहाङ्गको भनाइ छ ।
यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए। “स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।”
यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए ।
बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङ्गको भनाइ छ । “हामीले श्रमदानमार्फत विभिन्न काम गर्दै आएका छौँ”, उनले भने, “खासगरी डम्पिङ क्षेत्र नहुँदा फोहर व्यवस्थापनमा समस्या रहेको छ । नजिकमा रहेको जग्गा स्थानीयजासीको भएका कारण प्लास्टिक तथा बोलतलाई व्यवस्थापन गर्न समस्या छ । यसमा सबै क्षेत्रको सहयोग भए सहज हुने थियो ।”
यहाँ महिनामा दुईपटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर सङ्कलन हुने उनको भनाइ छ । फोहर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङ्गले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार