आन्तरिक विशेष अभियानमा सुनसरीमा किसानसँग कांग्रेस
यज्ञप्रसाद भट्टराई
साउन ३०, २०८० मंगलबार १४:४१:४४
३० साउन, काठमाडौं । नेपाली कांग्रेसले श्रावण २० देखि ३० गतेसम्म देशका सबै ७७ वटै जिल्लाहरूमा आन्तरिक विशेष अभियान सञ्चालन गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकको समाप्ति लगत्तै सञ्चालन गरिएको यो अभियानमा स्थानीय तहमा नेतृत्व प्रतिको लगातार रुपमा बढिरहेको भनिएको वितृष्णालाई धोईपखाली गरी एकता बद्ध कांग्रेस बनाउने लक्ष लिएको जिल्ला जिल्लामा खटिएर आएका केन्द्रीय प्रतिनिधिहरूले बताएका छन् ।
पार्टीप्रति निःस्वार्थ भरोसा, आस्था, विश्वास राख्ने र पार्टीलाई केबल उपयोगको साधनको रुपमा मात्र हेर्ने बीचको असन्तुलित व्यवहारका कारण पनि नेपाली कांग्रेसका कार्यकर्ताहरू नेतृत्वप्रति आक्रोशित भएका देखिन्छन् । त्यसैलाई निराकरण गर्न र भावी रणनीति तय गर्दा तल्लो तहका कार्यकर्ताहरूको भावना समेत समावेश गराउन यस १० दिने अभियान अन्त्यन्तै फलदायी र उत्साहप्रद देखिएको नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्य तथा सुनसरी कांग्रेस नेता केशव भट्टराई बताउँछन् ।
संगठन निर्माण माथिबाट तल हैन तलबाट माथि हुनुपर्छ भन्ने नेता केशब भट्टराई यस पटकको नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानले नेता र कार्यकर्ता बीचको विभाजनको खाडल पुरिदिएको र यसबाट आम नेपाली कांग्रेसका भातृ संस्थाहरू, शुभेच्छुक संस्थाहरू र आम कार्यकर्ताहरू अन्त्यन्तै खुसी भएकोमा आफू अन्त्यन्तै उत्साहित भएको बताएका हुन ।
यसै अभियानको शिलशिलामा श्रावण २९ गते अभियानका सुनसरी जिल्लाका लागि केन्द्रीय प्रतिनिधि आङेलु शेर्पाको उपस्थितिमा नेपाल किसान संघ सुनसरी जिल्ला तदर्थ समितिको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न भएको किसान नेता समेत रहेका नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशव भट्टराईले बताउनु हुँदै उक्त वृहत् अन्तरक्रिया कार्यक्रममा किसानले विगतदेखि निरन्तर रुपमा भोग्दै आइरहेका मल, बिउ, सिंचाई लगायतका विषयमा विस्तृत छलफल भएको बताएका छन् ।
नेपाल किसान महासंघ सुनसरी जिल्ला तदर्थ समितिका अध्यक्ष रामबृक्ष मेहताको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा किसानहरूले उत्पादन गरेका कृषि उपजहरुको उचित बजार व्यवस्थापन, मूल्य निर्धारण, किसानका उत्पादनलाई सरकारले खरिद गरिदिने र बिक्रीका लागि सहज वातावरण बनाइदिने, साना कृषि उद्योगहरूलाई सरकारले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने, किसानलाई सर्वशुलभ कर्जा उपलब्ध गराइनु पर्ने, कृषि तथा पशु बीमाको विषयमा आम किसानलाई सूचित गराउन र उक्त बीमा कार्यक्रममा सहभागी गराउन व्यापक प्रचारप्रसार र अभियानहरू सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि मार्फत पार्टीको केन्द्रीय कार्यसमिति र कृषि मन्त्रीको ध्यानाकर्षण गराई दिन अनुरोध समेत गरेका थिए ।
किसान, मजदुरहरूको उचित कामको उचित ज्याला पाउनु पर्ने कुरामा सरकारको ध्यानाकर्षण गराई दिन किसानहरू तथा मजदुरहरूले कार्यक्रममा आवाज उठाएका थिए । कांग्रेस भनेकै किसान र मजदुरहरूको पाटी भएको र नेपाली कांग्रेसको जग भनेको पनि हामी किसान मजदुर नै हौ भन्दै सुनसरीका किसानहरूले सुनसरीमा कृषिको व्यापक सम्भावना भएता पनि कृषिलाई उचित सम्बोधन गर्न नसक्दा सुनसरीका किसान मजदुरहरू ओझेलमा परेका भन्दै कृषिलाई ब्यवसायीकरण गर्दै कृषिलाई उन्नत र सम्मानित पेशा बनाउन सरकारसँग पहल गरिदिन आव्हान समेत गरेका छन् ।
किसान र मजदुरहरू एक भए दुईचार जना नेता यताउता लाग्दैमा सुनसरी कांग्रेसको जग नहल्लिने बताउने किसानहरूको कांग्रेस प्रतिको त्यो उत्साह, शाहस र समर्थनलाई हिजो बि.पि., गिरिजाबाबुले पनि देखि सकेको बताउँदै यसलाई मर्न नदिने प्रतिबद्धता नेपाल किसान महासंघका केन्द्रीय सदस्य समेत रहेका नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य केशव भट्टराईले बताएका छन् ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपउदयपुरको रौतामा आगलागी हुँदा ५० लाख बराबरको क्षति
बैशाख १४, २०८१ शुक्रबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्ती करणीमा मुद्दा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
इलाम–२ मा मतदान गर्दै वृद्धा ज्येष्ठ नागरिक
बैशाख १५, २०८१ शनिबार
लगानीकर्ताको स्वागतमा काठमाडौं
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलन आइतबारदेखि सुरु, ५५ देशका लगानीकर्ता आउँदै
बैशाख १५, २०८१ शनिबार
समुन्द्रमा बिछाइएको फाइबर अप्टिक फाइबरमा समस्या, स्लो हुन सक्छ इन्टरनेट !
बैशाख १५, २०८१ शनिबार