स्याङ्जामा प्याजको मूल्य दोब्बर हुँदा उपभोक्ता मारमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
भदौ ८, २०८० शुक्रबार १४:५३:१८
प्रकाश डोटेल
८ भदौ, स्याङ्जा । स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रूपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो ।
६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासी बृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । एक हप्तादेखि बजारमा प्याज नभित्रिएपनि स्थानीय बिक्रेताले मनोमानी रुपमा पछिल्ला दिन प्याजको मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।
गत शनिबारदेखि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले प्याज निकासीमा ४० प्रतिशत निर्यात महसुल लगाएपछि बिक्रेताले गोदामै रहेको प्याजको मूल्य एकाएक बढाएका हुन् । मौकामा चौका हान्दै व्यवसायीले एकलौटी रुपमा मूल्य बढाएका छन् । जिल्लामा दैनिक कति प्याज खपत हुन्छ कुनैपनि निकायसँग त्यो एकिन तथ्याङ्क छैन् ।
करिब एक हप्ताअघि प्रतिकेजी ६४ रुपैयाँमा खरिद गरेको प्याज पछिल्लो दिन एक सय १० रुपैयाँसम्म बिक्री गर्दै आएको स्थानीय व्यवसायीले बताए । केहि दिनदेखि बजारमा प्याज नआएपनि गोदामै रहेको प्याज बिक्री गर्दै आएको उनले सुनाए ।
अस्वभाविक रुपमा प्याजको मूल्य बृद्धि गरिएको जानकारी आएकाले तत्काल बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ् बजारका व्यवसायीले मनोमानी रुपमा प्याजको मूल्य बढाएको स्थानीयले आरोप लगाए । ग्रामीण बजारको तुलनामा शहरी क्षेत्रका व्यवसायीले अचाक्ली मूल्य बढाएको उनीहरुले बताए ।
केहि दिन अघि चामलको मूल्य बृद्धि गरेर उपभोक्ताको हूर्मत लिएका व्यवसायीले फेरि प्याजको मूल्य बढाएर उपभोक्तालाई आक्रान्त बनाएको राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाको अध्यक्ष राजेन्द्र मरासिनीले बताए । पछिल्ला दिन खाद्यान्न बिक्रीवितरणमा बिचौलिया र कालोबजारी गर्नेहरु मौलाएको उनले बताए ।
व्यवसायीले मनोमानी रुपमा खाद्य वस्तुमा एकपछि अर्को मूल्य बृद्धि गरेपनि बजार अनुगमनको अख्तियार प्राप्त स्थानीय निकाय चुपचाप छ । बजार अनुगमन गर्दै अस्वभाविक मूल्य बृद्धिलाई रोक्नुपर्ने निकाय नै चुपचाप भएपछि उपभोक्ता मूल्य बृद्धिको चपेटामा पर्दै आएको मञ्चका अध्यक्ष मरासिनीले बताए ।
स्थानीय पालिकाले पाएको अनुगमन तथा दण्ड जरिवानाको अधिकारलाई कडाईका साथ कार्यान्वयनमा नल्याएसम्म उपभोक्ता मुल्य बृद्धिको चपेटामा निरन्तर पर्ने मरासिनीको भनाई छ । बजारबाट आएको मूल्य बृद्धिको गुनासोलाई मध्यनजर राख्दै आवश्यकताको आधारमा बजार अनुगमन गर्ने पालिकाहरुले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार