संविधान दिवसमा आममाफी : टिकापुर घटनाका ४ जना जेलमुक्त
नेपालबहस संवाददाता
असोज ३, २०८० बुधबार ११:५६:१६
३ असोज, काठमाडौं । आठ वर्षअघि वर्तमान संविधान जारी गर्नेमा संघारमा पुग्दै गर्दा २०७२ साउन ७ मा कैलालीको टिकापुरमा थरुहट संघर्ष समितिको आह्वानमा भएको आन्दोलनमा क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित (सशस्त्र बलका समेत) ७ र एक नाबालक टेकबहादुर साउदको निर्मम तवरले ज्यान गएको घटना मुद्दा ज्यान मुद्दामा सजाय काटिरहेकामध्ये ३ जना कैदीबन्दी आज जेलमुक्त (रिहा) भएका छन् ।
उनीहरु संविधान दिवसमा आममाफी दिने प्रचलन अनुसार सरकारले सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरिदिएपछि आज कैलाली कारागारबाट रिहा भएका छन् ।
रिहा हुनेहरुमा वीरबहादुर चौधरी, हरिनारायण चौधरी र प्रदीप चौधरी रहेका छन् । सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधार गृहमा रहेका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट धनगढी लगिँदैछ ।
रिहा भएकाहरुलाई स्वागत गर्न नाउपाकी अध्यक्ष एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्विता चौधरी, नाउपाका संरक्षक रेशमलाल चौधरी लगायतले कैलाली कारागार परिसरमा स्वागत अविरमाल लगाइदिएर स्वागत गरेका छन् । रिहाईका क्रममा स्वागत गर्न पुगेका नाउपाका प्रदेशमन्त्री, सांसद, नेता, कार्यकर्ताहरुको भीड नै लागेको छ । कार्यकर्ताहरू पार्टीकाे झण्डासहित पुगेका थिए ।
टिकापुर हत्याकाण्डका मुख्य योजना ठहरिएका रेशमलाल गत जेठ १५ मा राष्ट्रपति पौडेलबाट आममाफी पाएर रिहा भएका थिए । रिहाईका बेला उनले घटनामा दोषी ठहर भएर जेलमा रहेका सबैलाई क्रमशः रिहा गरिने बताएका थिए । घटनामा अझै १७ जना जेलमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
कर्णाली प्रदेशः मन्त्री शाहद्वारा सपथ ग्रहण
जेठ ९, २०८१ बुधबार
कानुनविपरीत ऋण लगानी गर्ने सहकारीबाट रकम फिर्ता गराउन कांग्रेसको माग
जेठ ९, २०८१ बुधबार
नेत्रज्योति संघद्वारा ट्राफिक प्रहरीलाई ‘सन ग्लास’ हस्तान्तरण
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार