राहत शिक्षक आन्दोलनः तनाव मत्थर पार्न सडकमै नाचगान
नेपालबहस संवाददाता
असोज ११, २०८० बिहिबार १५:३३:१२
११ असोज, काठमाडौं । असोज ३ गतेदेखि शिक्षा विधेयकको विरोधमा देशभरबाट काठमाडौंमा जम्मा भएर आन्दोलन चलाइरहेका राहत कोटाका शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । सुरुमा नेपाल शिक्षकको महासंघको नेतृत्वमा आन्दोलन गरेका उनीहरुलाई महासंघका नेतृत्वले सरकारसँग आफू (स्थायी शिक्षक) पक्षीय सम्झौता गरेर आन्दोलनबाट पछि हटेपनि राहत शिक्षकहरुले माग पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।
महासंघ नेतृत्वका बेला सरकारले आन्दोलनको तेस्रो दिनमै वार्ता गरेर ‘सकारात्मक’ सम्झौता गरेको थियो । तर सम्झौतालाई ‘धोका’को संज्ञा दिँदै हस्ताक्षर नगरी आन्दोलनलाई निरन्तरता दिइरहेका राहत शिक्षकहरुलाई ९ दिन बित्दा पनि वार्तामा बोलाउने छाँट सरकारले देखाएको छैन । उनीहरुको आन्दोलन झण्डै महासंघकै स्तरमा बढिरहेको देखिन्छ । तर बुधबार नयाँ बानेश्वरमा प्रहरीले रोकेर दमन गर्यो, दर्जनौं संख्यामा शिक्षक, शिक्षिकालाई घाइते बनायो । महासंघ हुँदासम्म सरकारले बल प्रयोग गरेको थिएन ।
माग पूरा नभएसम्म सडकबाट फिर्ता नहुने अडान लिएका शिक्षकहरुलाई सरकारले वार्तामा बोलाउने संकेत नदिएपछि उनीहरु आक्रोशित मात्र नभई थप तनावमा पनि पर्दै गएका छन् । नौ नौ दिन हरेक दिन दिभर माइतीघर मण्डला–नयाँ बानेश्वर सडक खण्डमा उनीहरुले घरि सुतेर, घरि सिठ्ठी फुकेर त आज कालो पट्टी बाँधेर सडक ढाकेर बसेका छन् ।
आज पनि उनीहरुले सडकमा सरकार र विधेयक विरोधी गीत गाउने, कविता, गजल वाचन गर्ने गरेका छन् । गीत संगीतमा नाचे पनि । प्रदर्शनको नेतृत्व नेपाल राहत शिक्षक केन्द्रीय समितिले गरिरहेको छ । देशभरबाट शिक्षकहरु आउने क्रम जारी रहेको आन्दोलनकारीहरुले बताएका छन् । दमन र धरपकड नगर्न उनीहरुले सरकारलाई चेतावनी दिइरहेका छन् ।
‘नाचगान गर्दा तनाव अलिक मम हुन्छ’ एक आन्दोलनकारी राहत शिक्षकले भने, ‘हामी सरकारलाई हाम्रो अधिकार खोस्ने विधेयक संशोधन गराउने माग पूरा गराउन हरेक कोणबाट विरोध कार्यक्रम गर्छौं ।’ गस्त संगीत र नाचगानले केही समय भएपनि तनाव मत्थर हुने उनको भनाइ छ । जस्तोसुकै कठिन अवस्था र दमन व्यहोर्न आफूहरु तयारी मानसिकतासाथ सडकमा आएको आन्दोलनकारीहरु बताउँछन् । उनीहरू दलमाेठ, चिउरा, राेटी, बिस्कुट, पानी लगायत खानेकुरा बाेकेर प्रदर्शनमा खटिइरहेका छन् ।
आन्दोनलमा एडीबीको सहयोग रकमअन्तर्गत राहत कोटा, पेन्सनबाट वञ्चित, बाल शिक्षा (इसीडी)का शिक्षक तथा विद्यालय सहयोगी (कर्मचारी)हरु सहभागी छन् । सरकारी तथ्यांक अनुसार देशभरका सामुदायिक विद्यालयमा ३८ हजार २ सय ३८ राहत शिक्षक छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार