वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्ति एकताबद्ध हुनुपर्छ: अध्यक्ष नेपाल
नेपालबहस संवाददाता
बैशाख १५, २०८१ शनिबार २०:५:३५
१५ वैशाख, हटौँडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान व्यवस्था र संविधानको रक्षा गर्न परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।
शनिबार हेटौंडामा आयोजित एकीकृत समाजवादी मकवानपुरको नवौँँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्लो समय वर्तमान व्यवस्था र संविधानमाथि नै चुनौती दिन प्रतिगामीहरू सक्रिय भएकाले त्यसको रक्षा गर्न परिवर्तन पक्षधर एकताबद्ध हुन जरूरी रहेको बताए । “हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, संविधान तथा सङ्घीयतामाथि नै चुनौती आउने गरी प्रतिगामीहरू सक्रिय हुन थालेका छन् । त्यसैले यो व्यवस्था र संविधान जोगाउन सबै परिवर्तनकारी, सङ्घीयतावादी शक्ति एकताबद्ध हुन जरुरी छ”, अध्यक्ष नेपालले भने ।
त्यसैगरी उनले एकीकृत समाजवादी सरकार फेरबदलमा केन्द्रीत नरहेको तर जनताको पक्षमा काम गर्ने बलियो तथा स्थायी सरकार निर्माण गरेर आर्थिक, सामाजिक विकासका काममा केन्द्रीत हुन नेतृत्वकर्तालाई खबरदारी गरिरहेको बताए ।
पार्टीको दसौँ महाधिवेशनमा आफ्नो पार्टीले नेपाली समाज, राजनीति र विकासका बाधक पहिचान गरी समृद्धिको यात्रा तय गर्न चाहेको पनि अध्यक्ष नेपालको भनाइ भयो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार
संसदीय समिति नबनेसम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय, आज रविलाई बोल्न दिइने
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार
खाद्य सामग्री र पशुजन्य औषधि एकै ठाउँबाट बिक्री गर्नेलाई कारबाही
बैशाख २८, २०८१ शुक्रबार
सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार
धादिङको विद्यालयलाई माछापुच्छ्रे बैंकद्धारा सात थान कम्प्युटर र प्रिन्टर प्रदान
बैशाख २८, २०८१ शुक्रबार
बागलुङ बेनी खण्ड आगामी जेठ ४ गतेसम्मका लागि बन्द
बैशाख २८, २०८१ शुक्रबार