नेपाल संवतलाई विशेष प्राथमिकता दिइन्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार ११:५०:६
२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई सरकारको दस्ताबेजमा उल्लेख गर्ने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित साहित्यकार पद्यरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल संवत नै राष्ट्रिय संवत भएकाले सरकारको दस्ताबेजमा लेख्न आवश्यक भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल संवत ११४४ आउँदै गरेको उल्लेख गर्दै अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै नपुग्ने उल्लेख गरे । उनले आफू प्रधानमन्त्री हुँदा नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएको बताए ।
पद्यरत्नजीले नै मलाई भन्नुभयो नेपाल संवत नै राष्ट्रिय संवत हो । त्यसपछि मैले पहिलो पटक प्रधानमन्त्री हुँदा क्याबिनेटबाट नै नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा मान्यता दिएँ । त्यो घोषणा पनि पद्यरत्नजीसँगै बसेर गरिएको हो । अब नेपाल संवत ११४४ आउँदै छ, उनले भने ।
उनले केही प्रतिनिधिहरु आएको र यही नेपाल संवतबारे कुरा गर्दा अब नेपाल संवत राष्ट्रिय संवत भनेर मात्रै भएन । त्यसलाई व्यवहारमा कार्यान्वयन पनि गर्नुपर्छ । अब त्यो राष्ट्रिय संवत नेपाल सरकारको दस्ताबेजमा लेखिन्छ भनेर मैले जवाफ दिएको छु उनले भने ।
प्रधानमन्त्री प्रचण्डले अहिले विभिन्न कोणबाट लामो संघर्ष र बलिदानबाट प्राप्त भएका गणतन्त्र र लोकतन्त्रमाथि एकथरीले प्रश्न उठाउने प्रयास गरेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेसँग सरकार बन्ने तहमा कुरा भएको छैनः लेखक
बैशाख २६, २०८१ बुधबार
पालैपालो प्रधानमन्त्री बन्ने कुरा भएकै थिएन, प्रायोजित हौवा फिजाइयोः यादव
बैशाख २६, २०८१ बुधबार
कम्युनिस्टविरुद्ध लड्ने बेला आयो, तयार भएर बस्नु: देउवा
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
बैशाख २६, २०८१ बुधबार
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
कोशीमा प्रतिपक्ष र सत्ता पक्षाको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने
बैशाख २६, २०८१ बुधबार
बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार