कैदीसँग यसरी असुल्छन् बौद्ध वृत्तका हवल्दार अमर क्षेत्री
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार १७:३३:२७
२५ कात्तिक, काठमाडौं । कुनै अपराध गरेर होस् वा अनुसन्धानका क्रममा तानिएरै किन नहोस् प्रहरी हिरासतमा रहेको व्यक्तिको मानसिकता त्यसैपनि अत्तालिएको हुन्छ । त्यसमाथि पनि स्वयं प्रहरीले नै विभिन्न बहानामा सताउने गर्दा हिरासतमा रहुञ्जेल त्यो कैदीको दैनिकी कस्तो रहला ?
राजधानीकै बौद्धस्थित प्रहरी वृत्त, बौद्धमा त्यहाँ अनुसन्धानका नाममा हिरासतमा परेकाहरुमाथि हवल्दार अमर क्षेत्रीले हैकम जमाउने गर्छन् । एक पीडितले दिएको जानकारी अनुसार हवल्दार क्षेत्रीले कैदीलाई यतिसम्म आतंकित पार्छन् कि हिरासतमा रहुञ्जेल उसले भने अनुसार नै गर्नुपर्ने हुन्छ ।
विभिन्न प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका कैदीलाई एकाबिहानै हिरासत कक्षबाट माथि ल्याउन लगाउने, त्यसपछि विभिन्न धम्की दिँदै बयानमा "यो हालिदिन्छु, त्यो हालिदिन्छु" भन्दै बयान पत्र देखाएजस्तो गर्दै आफ्नो माग पूरा गर्न घुमाउरो पाराले दवाव दिने गरेको ती पीडितले बताए । "एकदिन होइन, दुई दिन होइन, दिनदिनै एकाबिहानै माथि बोलाउने अनि उही धम्की !" ती पीडितले गुनासो गरे, 'भन्नुस् न त के गरौं भन्दा ठाडै सुरु हुन्छ मोलतोल । उसको माग पूरा गर्न बाध्य ।'
बौद्ध वृत्तमा मुद्दा मामिला हेर्ने शाखा अपराध अनुसन्धान शाखामा दरबन्दी भएका हवल्दार अमर क्षेत्री कस्टडीमा रहेका कैदीसँग रकम असुल्न र भागवण्डा लगाउन माहिर भएकैले होला, उनी त्यहाँका हाकिमका नजरमा पनि राम्रो मै गनिन्छन् । स्रोतका अनुसार कैदमा रहेकाहरूबाट रकम असुल्न नजिकैको रेष्टुरेण्टमा कैदीले भनेकै मान्छेलाई भेट्ने हवल्दार क्षेत्रीले लेनदेनका विषयमा कसैसँग कुनै कुरा गरेमा बयान बिगारिदिने र फसाई दिने धम्की दिने गर्छन् । के-कति दिनु पर्ने मोलतोल, कोबाट लिने सम्मका सबै सहमति कैदीबाट 'ओके' भएपछि मात्र नजिकैको रेष्टुरेन्टमा चिया पिउने बहानामा हवल्दार अमर क्षेत्रीले कैदीले चिनाएको व्यक्तिलाई भेटेर सहमतिअनुसारको 'नगदनारायण' बुझ्ने गर्छन् ।
एक पीडितले आफूले ८५ हजार बुझाउनु परेको गुनासो गरे । 'डेढ लाखबाट भएको बार्गेनिङ एक लाखमा झर्दै गर्दा बाध्य भएर ८५ हजार दिनु पर्यो । हिरासतमा रहेको अवस्थामा अनुसन्धान गर्ने प्रहरीले नै 'यसो र उसो' भन्दै धम्क्याउन थालेपछि त्यसै डर लाग्दो रै'छ, नदिऊ झन् फसाइँ दिने हो कि ? दिऊँ त्यत्रो रकम ?' ती पीडितको गुनासो थियो । उनका अनुसार मुद्दा मामिला शाखाका सबैको एक स्वर हुँदोरै'छ, रकम दिएपछिको व्यवहार नै अर्को ।
बौद्ध वृत्तका एक प्रहरी अधिकारीका अनुसार हवल्दार अमर क्षेत्री यसरी रकम असुल्ने कार्यमा बदनाम छन् र पनि, हाकिमका नगरमा उनी नै प्रियपात्र देखिन्छन् । कारण बुझिनसक्नु छ । खासगरी हवल्दार क्षेत्री मुद्दा मामिलाकै प्रकरणमा रहेकाहरूसँग असुलउपरमा सक्रिय देखिन्छन् । उनी सिभिलीयन पोशाकमा रहने भएका कारण यता त्यताका धरपकड प्रकरणमा पनि उनी नै खटिने गरेको पाइन्छ ।
यसै विषयमा हवल्दार अमर क्षेत्रीसँग सम्पर्क गर्दा उनले "हुने-नहुने कुरा गर्ने ?" भनेर हाँस्दै मोबाइल 'डिस्कनेक्ट' गरिदिए । कुरा गर्नै चाहेनन् । तर, पीडितले सुनाएको आफ्नो पीडाको विस्तृत रेकर्ड सुरक्षित छ । उनले कैदमा रहेका बेला कैदीलाई कुन व्यवहार गरेर, कसरी, कोमार्फत् रकम असुल्छन्, कैदीका मान्छेलाई कुन रेष्टुरेण्टमा भेट गर्छन् ? त्यस विषयमा पीडितले दिएको बयानअनुसार थप खोजी जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
धरौटी बुझाएर छुटेका पुन फेरी सीआईबीको नियन्त्रणमा
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार