१४ किलो सुनको अनुसन्धानमा सीआईबीले सघाउने
नेपालबहस संवाददाता
मंसिर २९, २०८० शुक्रबार १५:३७:१
२९ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केद्रीय अनुसन्धान ब्यरो(सीआईबी) ले त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा सघाउने भएको छ । मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो । सो अनुसन्धानमा सीआईबीले सघाउने भएको हो ।
हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत नै गठन भएको छ । जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् ।
सोही समितिलाई सहयोग गर्न सीआईबीले समेत प्राविधिक विश्लेषण गर्ने टोली खटाएको हो । सीआईबीले सुनसहित पक्राउ परेकाहरूको मोबाइल फोनको कल डिटेल र प्राविधिक विश्लेषण गर्नेछ ।
१४ किलो सुन तस्करी प्रकरणमा हाल चन्द्रबहादुर, मीनबहादुर र विमानस्थलमा सरसफाइ गर्ने तीन कर्मचारी पक्राउ परेका छन् । भन्सारले सरसफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । उनीहरूमाथि अझै अनुसन्धान जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनको मूल्य चार सयले घट्यो, प्रतितोला कति ?
बैशाख १७, २०८१ सोमबार
सुनको मुल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख १६, २०८१ आइतबार
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार