रंगशालामा हुने त्रिविको ४९ औं दीक्षान्त समारोहका कारण जताततै सडक जाम, यसरी हुँदैछ ट्राफिक व्यवस्थापन
नेपालबहस संवाददाता
पुस २, २०८० सोमबार ११:७:२९
२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह सोमबार आज हुँदैछ । ७३ हजार सात सय ४९ जना विद्यार्थीमध्ये यसपालि दीक्षित हुनका लागि १२ हजार चार सय १५ जनाले फारम भरेको त्रिवि जनसम्पर्क महाशाखाका कृष्ण बस्ताकोटीले जानकारी दिए ।
त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ । यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो । ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनेछन् ।
एकैपटक धेरै विद्यार्थी दीक्षित हुने भएकाले त्रिविले यसपटक गिनिज बुक अफ् वर्ल्ड रेकर्डमा पनि आवेदन दिएको छ । त्यसका लागि गिनिज बुकका प्रतिनिधिहरू काठमाडौं आएका छन् । यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने सभासद्, प्राध्यापक÷कर्मचारी, अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि छुट्टाछुट्टै ठाउँ तय गरेको छ ।
पूर्व र उत्तर रूटबाट आउने सम्पूर्ण सवारीसाधनलाई टुँडिखेलमा पार्किङ गर्न भनिएको छ । त्रिपुरेश्वर कालीमाटी रूटबाट आउने सवारी साधनहरूलाई विश्व निकेतन स्कुलमा पार्किङको व्यवस्था गरिएको छ ।
पुल्चोकबाट आउने सवारीसाधनहरूलाई वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा पार्किङको व्यवस्था मिलाइएको छ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी एवं कर्मचारीहरूका लागि राष्ट्रिय खेलकुद परिषद्को कार्यालय परिसरभित्र पार्किङको बन्दोवस्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेस आज सर्वोच्चमा
बैशाख २४, २०८१ सोमबार
काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला
बैशाख २४, २०८१ सोमबार
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
बैशाख २४, २०८१ सोमबार
एडीबीको बोर्ड बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन अपिल
बैशाख २४, २०८१ सोमबार
बागमतीले दिएको सार्वजनिक बिदाले उपत्यकामा अन्योल
बैशाख २४, २०८१ सोमबार