योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने
नेपालबहस संवाददाता
पुस १०, २०८० मंगलबार ११:५४:२७
१० पुस, भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।
भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए । उनका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उनले बताए ।
हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै योसँगै परम्परागत गीत सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा लागेका छौँ ।
यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए ।
उनका अनुसार हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार