'उपहार'को 'मुटुको ४ आना' सार्वजनिक
नेपालबहस संवाददाता
पुस १२, २०८० बिहिबार १६:४६:५३
१२ पुस, काठमाडौं । फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'उपहार'को दोस्रो गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक 'मुटुको ४ आना' बोलको गीतमा समीक्षा अधिकारी र महेन्द्र बिकेको स्वर छ ।
फिल्मको सार्वजनिक गीतमा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा मुक्त उदासको शब्द रचना रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सार्वजनिक गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, किरण केसी, राजाराम पौडेल, शिशिर राणा, निर्मल शर्मा, रामचन्द्र अधिकारी र विनोद कुमार पौड्याललाई फिचर्ड गरिएको छ । ‘उपहार’ सामाजिक विषयवस्तुमा आधारित रहेकाले फिल्ममा हास्यरसदेखि रोदनसम्म सबै कुराको सम्मिश्रण रहेको निर्देशक देउजा बताउँछन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको ‘उपहार’मा मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय छ । अभिनेत्री थापाका श्रीमान् बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् ।
रेखा फिल्मस् र कपनगढी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए गायक प्रकाश सपूत
बैशाख १४, २०८१ शुक्रबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
रामेछापका लागि उडेको सीता एयरको जहाज काठमाडौंमा आकस्मिक अवतरण
बैशाख १७, २०८१ सोमबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार