जनतासँग विशेष रूपान्तरण अभियान पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफलः माओवादी
नेपालबहस संवाददाता
पुस १७, २०८० मंगलबार १५:१०:१२
१७ पुस, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीको जनतासँग विशेष रुपान्तरण अभियानले जनतामा आशा जगाएको दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनका क्रममा पार्टीका प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन् ।
उनले जनतासँग विशेष रूपान्तरण अभियान पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गरे । उनले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनःगठन गरेको बताए । उनले कार्यकर्ताहरूमा जागृति ल्याएको, जनतामा आशा पलाएको र अभियानले चुनावको बेलामा मात्रै नभइ माओवादी अरु बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गरे ।
अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै जान उल्लेखनीय भूमिका खेलेको प्रवक्ता सापकोटाको दाबी छ । प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको बताए ।
‘विशेष रूपान्तरणले साङ्गठनिक गतिशील भएका छन् । संगठन नबनेको ठाउँमा संगठन बनेको छ । निष्क्रिय भएको ठाउँमा सक्रिय भएको छ । पार्टीबाट पलायन हुने क्रम रोकिएको छ । अन्य पार्टीबाट माओवादी प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पार्टीमा नयाँ आशा र उत्साह पैदा भएको छ । जनता माओवादीमा फर्किएका छन्’, प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।
यस्तै सापकोटाले अभियानबाट पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको बताएका छन् । अभियानले नेताहरूको मूल्याङ्कन गर्ने आधार बनेको उनको भनाइ थियो । ‘अभियानले पार्टीभित्रको अन्तर्विरोध सतहमा आएको छ । जनवर्गीय र मोर्चामा पनि त्यस्तै भएका छन् । धेरै अन्तर्विरोध हल हुँदै गएको छ । मूल्याङ्कनको आधार धेरै राम्रो भएको छ’, उनले भने, ‘तर जति तयारी गर्नुपर्ने थियो, त्यो भएन । विचार, कार्यदिशा तय गरी समाजवादी विचारधारको आधार तय गर्नुपर्थ्यो अभियानमा त्यसो भएन ।’
अभियानको क्रममा आफू सुदूरपश्चिमको दार्चुला पुगेको जानकारी दिँदै स्थलगत अवलोकनपछि निकै उत्साहित भएको बताए । यसैगरी सरकारको कामले जनताको तहसम्म उत्साह जगाएको भन्दै उनले एक वर्षको अनुभवबाट शिक्षा लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेर भए पनि काम गर्छु भनेर प्रधानमन्त्रीले परिणाममुखी काम गर्न चाहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
सहकारीका ठग बचाउन सरकारले संवैधानिक निकायदेखि प्रहरीसम्म दुरूपयोग गर्योः कांग्रेस
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
पोखरा महानगरको छानबिनमा सूर्यदर्शन सहकारीबाट गृहमन्त्री लामिछानेले एक करोड लिएको पुष्टि
बैशाख २८, २०८१ शुक्रबार
फेरि फुट्यो जसपा, लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
बन्द भएको बेलको जुस उद्योग सञ्चालनको तयारी
बैशाख २८, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
९८ लाखसहित समातिएका समीर र मिलन सुन तस्कर
बैशाख २८, २०८१ शुक्रबार
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली
बैशाख २८, २०८१ शुक्रबार
यसरी गर्दैछ कांग्रेसले आजको संसद अवरोध
बैशाख २८, २०८१ शुक्रबार
आठौँ सातामा ‘महाजात्रा’ : शनिबार ५१ औँ दिन मनाउँदै
बैशाख २८, २०८१ शुक्रबार