‘केपी ओली कप, २०८०’ आगामी फागुन दोस्रो सातादेखि हुने
नेपालबहस संवाददाता
माघ ३, २०८० बुधबार १९:६:२८
३ माघ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म ‘केपी ओली कप २०८०’ को आयोजना गर्ने भएको छ ।
आज संघले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता अखिल नेपाल फुटबल संघ 'एन्फा' प्राविधिक केन्द्र, च्यासलमा हुने जानकारी दिएको छ । फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।
संघका पूर्वअध्यक्ष तथा पूर्वमन्त्री महेश बस्नेतले युवा संघ रचनात्मक क्रियाकलापमा सक्रिय रहेको र यस्ता गतिविधिले खेल क्षेत्रको विकास र आर्थिक सशक्तीकरणमा सहयोग पुग्नेमा बताए ।
खेलमा नेपालको ए डिभिजन तथा विदेशी टिमलाई समेत सहभागी गराइनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीलाई जनही रु ५० हजार र प्लेयर अफ द म्याचलाई रु १५ हजार प्रदान गरिने छ ।
गत वर्षको संस्करणमा एन्फाद्वारा सूचीकृत नेपालका आठवटा ‘ए डिभिजन’ टिममा स्वदेश तथा विदेशमा खेलाडीको सहभागिता थियो । प्रतियोगितामा मछिन्द्र फुटबल क्लब विजेता र सातदोबाटो क्लब उपविजेता भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकप आज रातिदेखि सुरु हुँदै, उद्घाटनमा आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दै
जेठ ३२, २०८१ शुक्रबार
विश्वकप छनौट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै
जेठ २९, २०८१ मंगलबार
युरोकप : यी स्टार फुटबलरले गुमाउने भए युरोकप
जेठ २७, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
संसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
धौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
सुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
म प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार