त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक
नेपालबहस संवाददाता
माघ ८, २०८० सोमबार १६:३२:३३
८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।
सम्बन्धित सङ्काय र अध्ययन संस्थानका डीन बसेर शैक्षिक क्यालेन्डर बनाइएको परिषद्का सदस्य सचिव एवं परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार वार्षिक प्रणालीअन्तर्गत चार वर्षका लागि पहिलो वर्षको परीक्षा विसं २०८१ भदौको दोस्रो साता, दोस्रो वर्षको भर्ना २०८१ असोजको दोस्रो साता र परीक्षा २०८२ असारको दोस्रो साता तोकिएको छ ।
त्यस्तै तेस्रो वर्षको भर्ना २०८२ असारको दोस्रो साता, परीक्षा २०८३ जेठ दोस्रो साता, चौथो वर्षको भर्ना २०८३ असार दोस्रो साता र परीक्षा २०८४ वैशाख दोस्रो साता तोकिएको छ । यसैगरी स्नातक तहको सेमेष्टर प्रणाली अन्तर्गत पहिलो सेमेष्टरको परीक्षा २०८१ वैशाखमा, दोस्रो सेमेष्टरको २०८१ असोज, तेस्रो सेमेष्टरको २०८१ चैत, चौथो सेमेष्टरको २०८२ भदौ/असोजमा तोकिएको छ ।
स्नातक तर्फको पाँचौ सेमेष्टरको २०८२ चैतमा, छैटौँ सेमेष्टरको २०८३ असोज, सातौँ सेमेष्टरको २०८३ चैत र आठौँ सेमेष्टरको २०८४ असोजमा तोकिएको छ । स्नातकोत्तर तर्फको प्रथम सेमेष्टरको परीक्षा २०८१ असार, दोस्रो सेमेष्टरको २०८१ माघ, तेस्रो सेमेष्टरको २०८२ असार र चौथो सेमेष्टरको २०८२ पुसमा तोकिएको परीक्षा नियन्त्रक जोशीले बताए । सेमेष्टर र वार्षिक प्रणालीमा एक सय दिनभित्र नतिजा निकाल्ने गर्ने गरी तयारी गरिएको उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
भूकम्पले क्षति पुर्याएको गोरखाको अर्लाङ्दी मन्दिर जीर्णोद्धार
बैशाख २४, २०८१ सोमबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार