स्याङ्जा उवासंघको निर्वाचन विरुद्ध उजुरी
नेपालबहस संवाददाता
माघ २५, २०८० बिहिबार १५:१८:४
•प्रकाश डोटेल
२५ माघ, स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन प्रक्रिया विरुद्ध उजुरी परेको छ । संघमा आबद्ध सदस्यहरू मार्फत जिल्ला प्रशासन कार्यालय स्याङजामा संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनका लागि वितरित सदस्यता र मतदान प्रक्रिया विधान प्रतिकुल भएको भन्दै उजुरी परेको हो ।
स्याङजाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै छानबिन गरि निर्वाचन रद्द गरि पाउँ भन्ने उजुरी परेको छ । संघसँग आबद्ध व्यवसायीको नाममा परेको उजुरीमा नाम उल्लेख नगरि एक दर्जन बढि व्यवसायीले हस्ताक्षर गरेका छन् । उनीहरूले हालै सम्पन्न भएको निर्वाचन प्रक्रियालाई रद्द गरि पुनः निर्वाचन गर्न माग गरेका छन् ।
प्रशासनमा दर्ता भएको उजुरीमा संघको विधान २०५३ को (अन्तिम संशोधन २०७७) को परिच्छेद–५ को दफा ९ अनुसार सदस्यताको लागि योग्यता नपुगेको, दफा १० को सदस्यता प्राप्तिको प्रक्रिया पुरा नगरेको, दफा १३ अनुसार सदस्यता शुल्क नबुझाएको, र दफा १४ अनुसार सदस्यता नवीकरण नगरिएको तथा संघको विधानको मर्म र भावनाको बर्खिलाप हुने गरि २०८० सालको असार मसान्तमा दर्ता भई २०७९ को समेत सदस्यता कायम गरिएको उल्लेख गरिएको छ ।
संघको विधानकाे परिच्छेद–५ मा संघको सदस्यता हुनका लागि सरकारी निकायमा व्यवसाय दर्ता गरि पान नं. प्राप्त गरेको फर्मवाला हुनुपर्ने व्यवस्था छ । पान नं. प्राप्त गरेपछि संघको सदस्यताका लागि निवेदन दिने र निवेदन उपर छानबिनपछि प्राप्त सदस्यता एक आर्थिक वर्ष नवीकरण भएपछि मात्रै मताधिकारसहितको सदस्य हुने व्यवस्था छ ।
उता संघको ३८ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशनका लागि वितरित सदस्यता आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा दर्ता गरि आर्थिक वर्ष २०७८÷०७९ को समेत विधान विपरीत नवीकरण गरिएको व्यवसायीको दाबी छ । मताधिकार नभएको व्यक्ति उम्मेदवार बनेको समेत व्यवसायीले उजुरीमा आरोप लगाएका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचन सन्दर्भमा परेको उजुरीमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नव निर्वाचित समिति र निर्वाचन अधिकृतलाई सक्दो छिटो प्रतिवेदन दिन भन्दै पत्र काटेको छ । प्रतिवेदनसँगै सदस्यता वितरण र निर्वाचन प्रक्रियामा प्रयोग भएका कागजात समेत पेश गर्न विपक्षीलाई निर्देशन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
त्यसै गरि संघको ३७ औं साधारण सभा तथा अधिवेशनबाट संघको विधान परिच्छेद–५ कै दफा १५ को (उपदफा ग) अनुसार कारबाहीमा परेको र निजको सदस्यताले संघको अध्यक्ष बन्न नपाउने (निर्माण व्यवसायी) रहेको व्यक्ति अध्यक्षको उम्मेदवार बनेर निर्वाचित भएको उजुरीमा उल्लेख गरिएको छ ।
२०७४ अघिको कार्यसमितिमा श्रेया कन्स्ट्रक्सन संचालकका नाताले हालका अध्यक्ष महादेव श्रेष्ठ संघको द्धितिय उपाध्यक्ष थिए । संघको अध्यक्ष हुन निर्माण व्यवसायीलाई विधानले रोक लगाएको छ । श्रेष्ठले २०८० मा आएर श्रेया स्पोर्ट फर्म दर्ता गरेपछि अध्यक्षमा उम्मेदवार भएर निर्वाचित भएका हुन् ।
संघको अध्यक्ष हुन एक कार्यकाल पदाधिकारी बन्नुपर्ने विधानले व्यवस्था गरे पनि अध्यक्ष श्रेष्ठले द्धितिय उपाध्यक्ष हुँदा अध्यक्ष बन्न नमिल्ने फर्म र अध्यक्ष बन्दा नयाँ फर्म दर्ता मार्फत सदस्यता प्राप्त गरेको प्रक्रिया गलत भएको उजुरीमा आरोप लगाइएको छ ।
संघको हालै सम्पन्न निर्वाचनमा ५ सय ८६ सदस्यको मतदाता नामावलीमा नाम रहेपनि ४ सय ७५ जनाले मतदानमा सहभागिता जनाएका थिए । नामावली र मतदानमा नाम उल्लेख भएका करिब २ सय सदस्य विधान विपरीत संघको सदस्यता प्राप्त गरेको व्यवसायीको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै
बैशाख १७, २०८१ सोमबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
घरजग्गा कारोबार: साढे तीन खर्ब लगानी, व्यवसाय सुस्त
बैशाख २३, २०८१ आइतबार
काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहरका रुपमा सूचीकृत
बैशाख २३, २०८१ आइतबार
हुम्लाका युवालाई ४५ दिने आधारभूत कम्प्युटर तालिम
बैशाख २३, २०८१ आइतबार
नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने
बैशाख २३, २०८१ आइतबार
महावाणिज्य दूत बनाउने गरी ढुंगानाको परराष्ट्रमा सरुवा, राजश्वमा पुगे बुढा
बैशाख २३, २०८१ आइतबार