नयाँ गठबन्धनबाट तीन मन्त्रीले आजै शपथ लिदै
नेपालबहस संवाददाता
फागुन २१, २०८० सोमबार १३:५२:५०
२१ फागुन, काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा 'माओवादी केन्द्र'बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'बाट डोलप्रसाद अर्याल 'डीपी'ले शपथ लिने भएका हुन् ।
यी तीन जनाले आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा मन्त्रीको शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनै जना विना विभागीय मन्त्री बन्न लागेका हुन् ।
सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।
नयाँ मन्त्रीहरूको शपथ आजै अपरान्ह गर्ने तयारी छ। उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।
यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो। तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरीयता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोली १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार
सत्तापक्ष गम्भीर भएन, संसद अवरोध हुन्छः कांग्रेस
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
आखिर कहाँबाट भयो ब्रह्माण्डको उत्पत्ति ? जहाँ केही पनि छैन, त्यहीँ सबथोक छ
कुसुम भट्टराई
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोली १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार
अस्ट्रेलियाले एएफसी महिला एसियाली कपको आयोजना गर्ने
जेठ ३, २०८१ बिहिबार
ललितपुर मेयर कप महिला क्रिकेट : एपिएफ विजयी
जेठ ३, २०८१ बिहिबार