टीकापुरमा लु तथा शीतलहरले नागरिकलाई हैरानी
नेपालबहस संवाददाता
फागुन २४, २०८० बिहिबार १५:३:११
२४ फागुन, कैलाली । कैलालीमा हरेक वर्ष गर्मीमा लु र हिउँदमा शीतलहरले नागरिकलाई हैरानी हुन्छ । गर्मीमा यहाँका नागरिकको दैनिकी कष्टकर हुन्छ भने चिसोमा शीतलहरका कारण कामकाजमा मात्र समस्या होइन खेतीपातीमासमेत असर पार्छ । लु र शीतलहरका कारण हुने क्षति न्यूनीकरणका लागि अब टीकापुर नगरपालिकाले योजना बनाएर काम गर्ने भएको छ ।
विपद् भनेपछि बाढीमात्र सम्झने यहाँका पालिकाले विपद्का अन्य क्षेत्रमा काम गर्न थालेका छन् । टीकापुर नगरपालिकाले पूर्वानुमानमा आधारित लु तथा शीतलहरको पूर्वकार्य व्यवस्थापन कार्यविधि निर्माण थालेको छ । कार्यविधिको मस्यौदामा विपद् व्यवस्थापन समितिका सदस्य र जनप्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको छ ।
गर्मीमा लु तथा जाडोमा शीतलहरले धेरै क्षति हुने भएकाले पूर्वकार्य तथा राहतमा सहजता होस् भनी कार्यविधि निर्माण थालिएको हो । मौसम पूर्वानुमानका आधारमा लु तथा शीतलहरको प्रभाव न्यूनीकरण गर्न र पूर्वकार्यका कार्य गर्न कार्यविधि भएमा सहज हुने विपद् शाखा प्रमुख निर्मला चौधरीले बताए ।
“हामीसँग बाढीको पूर्वकार्य कार्यविधि यसअघि नै बनिसकेको छ”, चौधरी भन्छन्, “अब हामीले विशेष गरी चार क्षेत्रलाई प्राथमिकता दिएर कार्यविधि बनाएर काम गर्न खोजेका छौँ, आगलागी, खडेरी, जङ्गली जनावरको जोखिमबाट बच्न कार्यविधि बनाएर काम गर्ने तयारीमा छौँ ।”
कार्यविधिमा विपद्को जोखिम, प्रभाव पार्ने क्षेत्र, विपद्को प्रभावको अवस्था, अति सङ्कटासन्न वर्ग छुट्याइएको छ । कार्यविधि भएमा लक्षित वर्गको तथ्याङ्क व्यवस्थापनमा सहज हुने र प्रतिकार्यका कार्यमा सहज हुने कार्यपालिका सदस्य दीपक निसानीले बताए ।
“योजना भएमा बजेट व्यवस्था गर्न सकिन्छ, विपद्का समयमा विषयगत समिति आफैँ सक्रिय हुने भएकाले पालिकालाई सहज हुन्छ”, निसानीले भन्नुभयो, “विपद् भनेको बाढी मात्र होइन, हाम्रो यहाँ बाढीभन्दा बढी कृषिमा क्षति शीतलहर र लु ले हुने गरेको छ ।”
मस्यौदाका परामर्शदाता दिनेशचन्द्र जोशीले बाढी मात्र विपद् हो भन्ने बुझाइ परिवर्तन हुँदै गएको बताए । “यहाँ विपद्, विपद् शाखा भनेपछि बाढीको जोखिम न्यूनीकरणमा मात्र काम भएका छन्”, उनी भन्छन्, “अन्य विपद्मा पनि काम गर्नुपर्छ, शीतलहर, लु, आगलागी, खडेरी, जङ्गली जनावरको असरजस्ता धेरै विपद्का क्षेत्रमा पालिकाले काम गर्नु आवश्यक छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि खुसी
बैशाख २३, २०८१ आइतबार
कैलालीका थारु समुदायमा भजहरको रौनक
बैशाख २३, २०८१ आइतबार
माधव नेपाल लाइनमा नआएसम्म सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत नदिन ओलीको निर्देशन
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार