धान फल्ने खेत मासेर व्यावसायिक केराखेती
नेपालबहस संवाददाता
फागुन २५, २०८० शुक्रबार १२:७:२६
२५ फागुन, इलाम । व्यवसायिक केराखेती गर्दै आएका इलामको माई नगरपालिका–९ चिसापानीका किसान टुपेन्द्र येक्तेनले एक हजार बोट केरा रोपेका छन् । उनको पाँच सय बोटले आम्दानीसमेत दिन थालेको सुनाए ।
“मैले धान फल्ने खेत मासेर करिब एक हजार बोट केरा रोपेको छु, आधा बोटबाट आम्दानी दिन थालिसकेको छ”, उनले भने, “प्रतिघरी रु सात सय ५० सम्ममा घरैबाट बिक्ने गरेको छ, धान खेतीभन्दा तेब्बर बढी आम्दानी हुँदोरहेछ ।” रोपेको नौ महिनादेखि एक वर्षमा पहिलो उत्पादन लिन सकिने भएकाले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी लिन सकिने अनुभव उनले बताए ।
माई–९ बोरुङका किसान कृष्ण येक्तेनले पनि राम्रै अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक केरा लगाएक छन् । राम्रै धान उत्पादन हुने करिब १० रोपनी जग्गामा उनले पाँच सय बोट केरा लगाएका छन् । थोरै लगानी र कम मेहनतमा नै व्यावसायिक खेती गर्न सकिने भएकाले केराखेती सुरु गरेको उनले बताए ।
“अन्य खेतीजस्तो धेरै मेहनत र लगानीसमेत नपर्ने भएकाले व्यावसायिक तवरले केराखेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “बिक्री नहुने हो की भन्ने कुनै समस्या हुँदैन, व्यापारी घरघरमा नै आउँछन्, प्रतिघरी रु पाँच सयदेखि सात सय ५० सम्म बगानबाटै बिक्री हुने गर्दछ ।” केरी खेतीबाट वार्षिक रु एक लाख ५० आम्दानी गर्ने गरेको सुनाउँदै उहाँले यस वर्ष खेती विस्तार गर्ने योजना रहेको सुनाए ।
व्यावसायिक केरा खेती सुरु गरेपछि घर व्यवहार चलाउन नगद जुटाउनसमेत सहज भएको अर्की किसान कर्णकुमारी साउनदेनले बताए । “मैले पाँच रोपनी जग्गामा दुई सय बोट केरा रोपेको छु, केहीले आम्दानीसमेत दिन थालेको छ”, उनले भने, “मैले एक वर्षमा रु ७५ हजारभन्दा धेरैको आम्दानी गरेको छु, यसले घरव्यवहार चलाउनसमेत सहज भएको छ ।”
टुपेन्द्र, कृष्ण र कर्णकुमारी मात्र होइन, त्यहाँका करिब ७० घर किसानले व्यावसायिक रुपमा केरा खेती गर्दै आएका छन् । कम मेहनत र थोरै लगानीमा नै मनग्य आम्दानी हुन थालेपछि जिल्लाको दक्षिणी क्षेत्रका किसान व्यावसायिक केराखेतीमा आकर्षित भएका छन् । बाँझो रहेका जग्गा सदुपयोग गर्दै किसानले व्यावसायिक रुपमा केराखेती सुरु गरेका हुन् । उनीहरूले व्यावसायिक रुपमा केराखेती गरी लाखौँ आम्दानी लिइरहेका छन् ।
जिल्लाको माई नगरपालिकाका दानाबारी, महमाई, चिसापानी, माङसेबुङ गाउँपालिकाका बाँझो, सिङफेरे, मार्चेबुङ, चुलाचुली गाउँपालिकाका तोरबारी साकफारालगायतका किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । उनीहरूले खेतीयोग्य जमिन मासेरसमेत व्यावसायिक केराखेती गर्दै आएका हुन् । यहाँका किसानले चिनीचम्पा, काबेली, झाजी, भण्डारी, झपरीलगायतका अन्य स्थानीय जातका केरा खेती गर्दै आएका छन् ।
किसानलाई अहिले बजार र यातायातको पनि कुनै समस्या छैन । घरैबाट सहजैरुपमा बिक्री गर्न पाउँछन् । घरघरमा गएर व्यापारीले केरा किन्ने गरेका छन् । बगानकै मोलतोल गरेर व्यापारीले किन्ने गरेकाले किसानलाई उत्पादन बजारसम्म पु¥याउने झन्झटसमेत छैन । यातायातको सुविधा विस्तार भएसँगै किसानले केराको मूल्यसमेत राम्रै पाएका छन् । त्यस क्षेत्रका किसानले उत्पादन गरेको केरा स्थानीय व्यापारीमार्फत झापाको विर्तामोड, दमक, धरान, विराटनगरका साथै मुख्य सहर काठमाडौँसम्म पुग्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
नयाँ सरकार गठन प्रक्रिया रोक्न माग गर्दै मुख्यमन्त्री कार्की आज सर्वोच्च जाने
बैशाख २७, २०८१ बिहिबार
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
बैशाख २७, २०८१ बिहिबार
गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज
बैशाख २७, २०८१ बिहिबार
नेपाल प्रहरीका ५१९ जना इन्सपेक्टरको सरुवा (सूचीसहित)
बैशाख २७, २०८१ बिहिबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार