विन्ध्यवासिनी म्युजिक अवार्डको १४औँ संस्करण सम्पन्न, विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान
नेपालबहस संवाददाता
चैत २, २०८० शुक्रबार १२:३४:३
२ चैत, काठमाडाैं । नेपाली गीत संगीत क्षेत्रकै महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको १४ औँ संस्करण बिहीबार राती राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ।
मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा सम्पन्न अवार्ड समारोहमा लामो समयपछि नायक पल शाह र गायिका समीक्षा अधिकारी एउटै मञ्चमा देखिए। समारोहमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएको थियो।
समारोहमा सुगम संगीत तर्फ निशान भट्टराई र काव्या आचार्यले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे। त्यसैगरी यही विधामा बीबी अनुरागी संगीतकार, सत्यराज चौलागाईं रचनाकार र सुदीप सागर संगीत संयोजकको अवार्ड विजेता भए। सर्वोत्कृष्ट गीतको अवार्ड विष्णु भण्डारीले जिते।
समारोहमा नेपालकै पहिलो क्याब्रे गीतकी ख्याति प्राप्त गायिका मिरा राणालाई एक लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मान गरिएको छ। त्यस्तै, संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपैयाँसहित विन्ध्यवासिनी साधना सम्मान, जनही नगद २५ हजार रुपैयाँसहित पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान र लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिएको छ।
पूर्व मिस नेपाल सुगारिका केसीद्वारा सञ्चालित कार्यक्रममा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपैयाँसहित अनवरत लोकदोहोरी स्रष्टा सम्मानबाट सम्मान गरिएको छ।
विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गायिका मिरा राणाको सम्मानमा गायिका बेनिसा पौडेलले उनीद्वारा स्वरबद्ध मखमली चोली चाहिँदैन बोलको गीत गाएकी थिइन्। त्यस्तै सम्मानित संगीतकार भूपेन्द्र रायमाझीको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले बिरही माया र फूल भए जिन्दगी बोलको गीत प्रस्तुत गरेर दर्शकलाई भावुक तुल्याएका थिए।
कार्यक्रममा सम्मानित गायक रूपक डोटेलले आफ्नै गीत सपनी राम्रो देख्दिनँ, मेरो बोली सुन्दा, ए माइली, चोखो माया लाकै हो, मुस्कानमा अल्झिए कि, वनकी चरीजस्ता गीत गाएर मनोरञ्जन दिलाएका थिए। त्यसैगरी अर्का सम्मानित गायक राजु परियारले आफ्नो लोकप्रिय सामाजिक जागरणको गीत सुनपानीले छर्क मायालु गाएर माहोललाई भावुक बनाएका थिए।
त्यस्तै गायक शिरीष देवकोटा र देवी घर्ती सुनिता बुढा क्षेत्रीले बैना हजुर, नजरैको भर, म त आउने थिइन जस्ता गीत प्रस्तुत गरेर कार्यक्रमको माहोल तताएका थिए। गायिका समीक्षा अधिकारीले नबोली नबोली बोलको गीत प्रस्तुत गर्दा नायक पल शाह र एलिना रायमाझी काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुन लगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गर्दा दर्शक निकै रमाएका थिए।
अवार्डको आयोजक संस्था विन्ध्यवासिनी फाउण्डेशनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा मनिष गन्धर्व र उनको सारंगी स्कुलका विद्यार्थीले सारंगी मार्फत विभिन्न धुन प्रस्तुत गरेका थिए। समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरिएको थियो।
विधा विजयी गीतको बोल
गीत विष्णु भण्डारी जाली माया
सुगम गायक निशान भट्टराई- प्रेमको प्रस्ताव
सुगम गायिका काव्या आचार्य*- तिम्रो यादैमा
सुगम संगीत बीबी अनुरागी- जान्दिन है प्रियतम
सुगम रचना सत्यराज चौलागाईं- सँगसँगै बाँचौँला
सुगम महिला गीतकार राधिका अधिकारी- नभए यदि भार
संगीत संयोजन सुदीप सागर- सकम्बरी
पप गायन टंक तिमल्सिना- मेरी चम्पा
युगल गायन रमेशराज भट्टराई र रचना रिमाल- भन साईंला २
लोकदोहोरी गायक रामचन्द्र चन्द- घाँटी रेट्नेलाई
लोकदोहोरी गायिका जुना श्रीष मगर- पानी खोलीको
लोकदोहोरी भाका रमेश परियार- बनमा खयर
लोकदोहोरी गीत कृष्ण भारद्धाज- डम्बर कुमारी
आधुनिक भिडियो मोडल जोडी विजय पुन र गीता ढुंगाना -पत्थरको मुटु २
राष्ट्रिय भावनाको गीत बाबुराम श्रेष्ठ- वीर नेपाली सेना
लोकदोहारी भिडियो निर्देशक मौसम- हिमाली रीमै
सुगम भिडियो निर्देशक शिशिर खाती- जुम्ला
भिडियो छायाँकार नवराज उप्रेती- सकम्बरी
भिडियो सम्पादक मनोज कार्की- जुम्ला
दोहोरी नव प्रतिभा डोलराज परियार- कमली
पप तथा आधुनिक नव प्रतिभा चेतन गोतामे- को आफ्नो को पराई
लोकदोहोरी मोडल दिक्पाल कार्की र अनु पराजुली- ओ राजै
सम्मान
विन्ध्यवासिनी लाइफ टाइम अचिभमेन्ट अवार्ड
मिरा राणा
विन्ध्यवासिनी संगीत साधना सम्मान
भूपेन्द्र रायमाझी
प्रेमध्वज संगीत रत्न सम्मान
रूपक डोटेल
झलकमान लोक संगीत सम्मान
राजु परियार
विन्ध्यवासिनी कला पत्रकारिता सम्मान
शान्ति प्रिय
अनवरत लोकदोहोरी स्रष्टा सम्मान
लक्ष्मी सुवेदी
विन्ध्यवासिनी अन्तराष्ट्रिय संगीतकर्मी सम्मान
दीपक अर्याल, जापान
जुरी अवार्ड
आधुनिक गायन बेनिशा पौडेल
लोक तथा दोहोरी गायन समीक्षा अधिकारी
गीतकार सविता पोखरेल
अभिनय सञ्चिता शाही
सम्पादन दीपक विष्ट
निर्देशन काजिश श्रेष्ठ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार