ग्लोबल आइएमई बैंकको ग्रीन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर
नेपालबहस संवाददाता
चैत ८, २०८० बिहिबार १८:१२:३०
८ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जा अन्तर्गत विद्युतीय सवारी साधन प्रबर्द्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रीन ड्राइभ योजना सार्वजनिक गरेको छ ।
यस ग्रीन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाङ्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ ।
कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९।४९ प्रतिशत र ५ वर्षभन्दा बढिको लागि स्थिर ९.९९ प्रतिशत व्याजदर रहेको छ । न्यूनतम् सहित स्थिर ब्याजदरमा सार्वजनिक भएको उक्त ग्रीन ड्राइभ योजना सरल तरिकाले छिटो कर्जा उपलब्ध हुने भएकोले विद्युतीय सवारी साधनको प्रयोग गर्ने मनस्थिति बनाइराख्नु भएका ग्राहकहरुलाई यस योजनाले लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
बैशाख १७, २०८१ सोमबार
अर्जुनराज खनियाँ एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
बैशाख १६, २०८१ आइतबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम- २ मा कांग्रेस पछि पर्यो , एमालेका सुहाङले लिए अग्रता
बैशाख १६, २०८१ आइतबार
कलाकार सिपी लोहनीको निधन
बैशाख १७, २०८१ सोमबार
अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित
बैशाख १७, २०८१ सोमबार
नेकपा एसको बझाङमा जमानत जफत, इलाममा उही हाल
बैशाख १७, २०८१ सोमबार
बागलुङका एक लाख ३१ हजार पशुलाई लगाइयो खोप
बैशाख १७, २०८१ सोमबार
विद्यार्थीको संख्या घटेपछि पर्वतका २५ विद्यालय समायोजन
बैशाख १७, २०८१ सोमबार
रामेछापमा पहिलोपटक जुनारमा ‘ट्याग’
बैशाख १७, २०८१ सोमबार