बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु
नेपालबहस संवाददाता
चैत १९, २०८० सोमबार ११:१४:३८
१९ चैत, काठमाडौं । बेलायती मोडल तथा ब्यूटिसियन डोना बटरफिल्डको मृत्यु भएको खुलासा भएको छ । स्पेनमा स्तनको शल्यक्रिया पछि ३० वर्षीया बेलायती मोडलको मृत्यु भएको एक रिपोर्टले दाबी गरेको छ ।
न्युज डट कम एयुमा प्रकाशित समाचार अनुसार यो घटना सेप्टेम्बर २०२३ मा भएको थियो, जब डोना बटरफिल्डले माजोर्काको पाल्माको एक निजी क्लिनिकमा स्तनको दुईवटा शल्यक्रिया गराइन्।
यसभन्दा केही वर्षअघि उनले आफ्नो स्तनको आकार बढाउनको लागि शल्यक्रिया पनि गराएकी थिइन् तर केही समस्याका कारण उनले पुनः शल्यक्रिया गर्नुपरेको थियो, जसको लागत स्वरूप ११ हजार ६५० अमेरिकन डलर खर्च गरेकी थिइन् ।
समाचार ब्यूटीशियन डोना बटरफिल्डलाई पहिलेदेखि नै मुटुको समस्या रहेको र एनेस्थेसियाको प्रतिक्रियाका कारण हृदयघात भएको दाबी गरिएको छ। यसपछि उनलाई पाल्माको सन एस्पेस युनिभर्सिटीको अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनको १४ सेप्टेम्बर २०२३ मा मृत्यु भयो।
डोना बटरफिल्डको परिवारले उनको शल्यक्रिया गर्दा सावधानी अपनाइएको दाबी गरेको थियो। बेलायती मोडलका परिवारले कस्मेटिक सर्जनमाथि आरोप लगाए पछि भने बल्ल प्रहरीले पनि यस विषयमा अनुसन्धान सुरू गरेको छ ।
यस सम्बन्धमा क्लिनिकका प्रबन्धक र एनेस्थेटिस्टलाई पक्राउ गरिएको छ । क्लिनिकका ६९ वर्षीय प्रबन्धकलाई हत्या र शल्यक्रियामा लापरबाही गरेको आरोपमा मुद्दा दायर गरिएको थियो । प्रहरी अनुसन्धानले बिरामीलाई जोखिमबारे सचेत नगरी दोस्रो कस्मेटिक शल्यक्रिया प्रक्रिया सुरु गरेको पाइएको छ ।
पुलिस रिपोर्टका अनुसार ब्यूटीशियन डोना बटरफिल्डको हृदयघातको क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो, जसबाट उनी निको हुन सकिनन्। बटरफिल्ड दुई हप्ता भन्दा कम पछि मरेकी थिइन । यो खुलासा तब भयो जब क्लिनिकका निर्देशकलाई स्पेनिस नेशनल पुलिसले माजोर्कामा पक्राउ गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसलमानको घर बाहिर गोली हान्ने आरोपीले हिरासतमा गरे आत्महत्या !
बैशाख १९, २०८१ बुधबार
जोली एलएलबी ३ को छायांकन राजस्थानमा हुने
बैशाख १६, २०८१ आइतबार
मुम्बईको अदालतले दियो रवि किशनलाई ठूलो राहत, डीएनए परीक्षण गर्न अस्वीकार
बैशाख १४, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
चक्कु प्रहारमा संलग्न नाबालिगको प्रहरीको गोली लागेर मृत्यु
बैशाख २३, २०८१ आइतबार
डडेल्धुरामा टिपर दुर्घटना हुँदा २ युवकको मृत्यु, २ घाइते
बैशाख २३, २०८१ आइतबार
एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयप्रति भारतले राख्यो चासो
बैशाख २३, २०८१ आइतबार
लण्डनको मेयरमा सादिक खान तेस्रो पटक निर्वाचित
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार