सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टी आफैं समस्याग्रस्त
केदार भट्टराई (काका)
चैत २२, २०८० बिहिबार १३:०:३८
२२ चैत, काठमाडौं । सहकारी ठगी प्रकरणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफै समस्याग्रस्त देखिएको छ । पार्टीका सभापति, उपसभापति र सहमहामन्त्री हुँदै सभापति पत्नीसमेतको सहकारी ठगी प्रकरणमा नाम जोडिएर आउन थालेपछि रास्वपा राजनीतिक दल हो कि सहकारीका बचतकर्ता सिध्याउने गिरोह हो भनेर आम मानिसले चर्चा गर्न थालेका छन् । देशलाई नयाँपन दिने भनेर आएको रास्वपा अहिले नो नट अगेन भन्नेहरुकै नेतृत्वमा गठबन्धन सरकारमा छ ।
सरकारको उपप्रधानसहित गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने एकपछि अर्को गर्दै विभिन्न प्रकरणमा मुछिँदै आएका व्यक्ति हुन् । उनी केही समय यता, सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनलाई पछिल्लो समयमा जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा आबद्ध भएका सबै सहकारीको रकम अपचलन सहभागी भएको आरोप लगाइएको छ । उनीमाथि छानविनको माग संसदमै दिनहुँ उठिरहेको छ ।
यसअघि लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्ण लक्ष्मी, पोखराको सूर्य दर्शन, चितवनको सहारा, वीरगन्जको सानो पाइला, बुटवलको सुप्रिम र नेपालगन्जको समानता सहकारीबाट रकम अपचलन गरेको भन्ने आरोप छ । यसलाई पुष्टि हुने दस्ताबेज पनि सार्वजनिक भइसकेको भन्दै लामिछानेमाथि कारबाहीका लागि छानविन हुनुपर्ने माग उठिरहेको छ । लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल पनि सरकारी ठगी प्रकरणमा तानिएकी छन् । निकिता यसअघि उपाध्यक्ष रहेको भनिएको सहकारीमा सहकारी विभागसहित काठमाडौं महानगरपालिकाको टोलीले बुधबार छापा मारेको छ ।
महानगरपालिकाले गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेलको साई स्वागत बचत तथा ऋण सहकारीमा छापा मारेको हो । महानगरपालिकाको सहकारी विभागले लामो समयदेखि बचतकर्ताको उजुरीका आधारमा सहकारीमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरीसहित टोलीले छापा मारेको हो । महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुली बजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णयसहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । यस्तै धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले ल्याएको हो ।
महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै उजुरी आएको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । यसरी उपप्रधान र गृहमन्त्रीसमेत रहेका पति रवि लामिछाने कै श्रीमती निकिता पनि सहकारीमा मुछिएको भनेर खबर सार्वजनिक भए लगत्तै उनी सभापति भएको पार्टी रास्वपाका उपसभापति एवं श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीकाे साढे ४ करोड बचत हिनामिनामा तानिएका छन् ।
उनीहरुलाई कारवाही र अनुसन्धान गर्न पीडितले सीआईबीमा उजुरी दिएपछि यो विषय बाहिर आएको हो । काठमाडौंमा कार्यालय रहेको ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’ मा डेढ वर्ष अघिसम्म अर्याल उपाध्यक्ष र बुर्लाकोटी सञ्चालक रहेको खुलेको छ । त्यही अवधिदेखि नै सहकारीले रकम फिर्ता नदिएको भन्दै पीडितले उजुरी दिएका छन् । सहकारीको रकम अपचलनमा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले हरेक दिन संसदमा माग गर्दै आएको छ ।
पछिल्लो पटक चर्चामा आएको ‘हाम्रो नयाँ कृषि सहकारी’मा माओवादीका उपमहासचिव एवं ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा स्थापना भएको खुलेको छ । ०७० साल जेठ १३ मा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । माओवादी नेता बस्नेत नेतृत्वको यो सहकारीले देशैभरि काम गर्ने अनुमति पाएको थियो । यो सहकारी संकटमा परेपछि उनीमाथि पनि प्रश्न उठेको छ । अहिले सहकारी विभागको पत्रका आधारमा सीआईबीले पनि अनुसन्धान अघि बढाएको छ । यसरी देशैभरि सहकारी ठगी गर्ने जीबी राई समूहका अन्य सदस्य यो सहकारीमा पनि जोडिएपछि रास्वपा थप नेता यो प्रकरणमा जोडिने देखिएको छ ।
रमाइलो के छ भने एकपछि अर्को गर्दै सहकारी ठगीमा तानिएका रास्वपाका नेताहरूले नै सहकारीमा ठगी भयो भनेर यसमा देखिएका समस्या समाधान गर्न पार्टीकै तर्फबाट प्रधानमन्त्रीलाई प्रतिवेदन पनि बुझाएका छन् । अहिले सहकारीमा देखिएको समस्या समाधान गर्न आफैं लागेका छौं भन्नुको पछाडि उनीहरू आफू कसरी बच्ने भन्ने उपायको खोजीमा रहेको प्रस्टै हुन्छ । रास्वपा पार्टी सहकारी ठगहरूको सञ्जाल भएको अभाव आम जनताले गर्न थालेका छन् । सरकारी प्रकरणलाई लिएर गृहमन्त्री रवि लामिछाने राजीनामा दिनुपर्ने कुरा उठिरहेका बेला सो पार्टीका उपसभापति एवं श्रममन्त्री डीपी अर्याल पनि यही लाइनमा आइपुगेका छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार
राज्यलाई कर तिरेका जनताले यसको खर्चबारे जानकारी पाउनुपर्छः राष्ट्रपति
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने
बैशाख २२, २०८१ शनिबार
चिम्टीका अग्निपीडितलाई राहत
बैशाख २२, २०८१ शनिबार