टोखामा बिस्का नखः 'जात्रा' मनाइँदै, लिङ्गो उठाइयो
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १३:२०:४४
२७ चैत, काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा बिस्का नखः 'जात्रा' मनाइने भएको छ । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झैँ यस वर्ष पनि चैत मसान्तदेखि वैशाख ४ गतेसम्म पाँच दिन बिस्का नखः मनाउन लागिएको हो ।
टोखा नगरपालिका वडा नं २ र ३ को मुख्य आयोजना तथा नेवाः गुथी टोखाको व्यवस्थापनमा उक्त जात्रा मनाउन लागिएको हो । जात्रा मनाउनका लागि वडाले विभिन्न सङ्घसंस्थालाई समेटेर विभिन्न उपसमिति निर्माण गरेको छ ।
जात्रालाई व्यवस्थित र मर्यादित बनाउनका लागि नेवाः गुथीले शान्तिसुरक्षा, स्वयम्सेवक व्यवस्थापन, पार्किङ व्यवस्थापन, यातायात व्यवस्थापन, बाजागाजा व्यवस्थापन, रथजात्रा व्यवस्थापनलगायत उपसमिति गठन गरेको नेवाः गुथी टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिए । उनले पाँच दिनसम्म मनाइने बिस्का जात्राको लिङ्गो उठाइसकिएको बताए । उक्त लिङ्गो जात्रा सकिएपछि वैशाख ५ गते ढालिन्छ ।
चैत मसान्तबाटै बिस्का जात्रा सुरु
चैत मसान्तबाटै सुरु हुने बिस्का जात्राका भक्तजन मसान्तको बिहान शिवपुरीस्थित बागद्वार स्नान गर्न जान्छन् । बागद्वारबाट सोही दिन राति चण्डेश्वरी हुँदै सपनतीर्थ मन्दिरमा आउने प्रचलन रहेको छ ।
सपनतीर्थ मन्दिर परिसरमा गौमुखी र बहुमुखी खोला थुनेर निर्माण गरिएको सिद्धपोखरीमा भक्तजनले नयाँ वर्ष सुरु हुँदै गर्दा वैशाख १ गते एकाबिहानै नुहाउने गर्दछन् । मसान्तको दिन साँझ सपनविनायकको रथ, चण्डेश्वरीको रथ र मसानकालीको रथ ‘जाली द्यो’ का रुपमा बाजागाजासहित जात्रा गरी इन्द्रायणी दाफा खलःले मूल नाइके बहाल गरी रथ आ–आफ्नो मन्दिरमा लैजान्छन् ।
नयाँ वर्षकै दिन साँझ ६ बजे आ–आफ्नो मन्दिरबाट गाउँमा रथ ल्याउने र गाउँ परिक्रमा गरी सपनविनायकको रथ यलागः टोलमा, चण्डेश्वरीको रथ थलागः टोलमा र मसानकालीको रथ भूतखेलमा बिसाइने गरिएको मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिए । वैशाख २ गते बिहान तीन वटै रथ गाउँ परिक्रमा गरेर मसानकालीको रथ भूतखेलको पाटीमा बिसाएपछि बली पूजा लिई कोठु गणेश र मसानकाली दुवै रथ एकैसाथ ल्याएर ११ बजे थलागः टोलमा लस्करै बिसाइन्छ ।
सोही दिन अपराह्न ३ बजे जीवित गणेश कुमारीको आगमन गराई तलेजुबाट सरकारी पूजा ल्याई सिन्दूरजात्रा गरी उठाइन्छ । सोही दिन साँझ गाउँ परिक्रमा गरी साँझ ७ बजे सबै रथ तपलाक्षीःमा बिसाइन्छ । सोही रात भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
यही वैशाख ३ गते बिहान ७ बजे तपलाक्षीःबाट सिन्दूरजात्रा गरी देवता उठाएर गाउँ परिक्रमा गर्न लैजाने गर्दछन् । सोही दिन बिहान ११ बजे हासल टोलमा सबै रथ बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सरस्वती र महादेवको रथबाहेक अन्य रथ पोखरीमा चोख्याउनका लागि लगिन्छ । मसानकालीको मन्दिर र गाउँको परिक्रममा गरी कोनेलाक्षीःमा बिसाइन्छ । सोही रात पनि भक्तजन रथको अगाडि भजनकीर्तन गरी जाग्राम बस्ने चलन रहेको छ ।
जात्राको अन्तिम दिन वैशाख ४ गते बिहान ६ः३० बजे सिन्दूरजात्रा गरी सारा बाजागाजासहित गाउँ परिक्रमा गर्न लगिन्छ र बिहान ११ बजेतिर गच्छे टोलमा बिसाइन्छ । सोही दिन अपराह्न ३ बजे तलेजु गुठीबाट जीवित गणेश कुमारीसहित पूजा ल्याएर सिन्दूरजात्रा गरी सबै रथ कपडा बिच्छ्याइ गाउँ परिक्रममा गरी आ–आफ्नो देवी घरघरमा भित्र्याइन्छ । त्यसबाट जात्रा समापन हुन्छ । वैशाख ५ गते बिहान ६ः३० लिङ्गो ढाली जात्रा विर्सजन हुन्छ ।
सपनतीर्थ मेलाको महत्व
टोखामा नयाँ वर्षको पहिलो दिन वैशाख १ गते सपनतीर्थ स्नान मेला सुरु हुन्छ । उक्त मेला भर्न तथा स्नान गर्नका लागि काठमाडौँ उपत्यकासहित देशभरका लाखौँ भक्तजन टोखा सपनतीर्थ आउने गर्दछन् । सपनतीर्थ मेलालाई टोखाले विशेष महत्वसमेत दिँदै आएको छ ।
सपनतीर्थ मेलामा स्नान गरेपछि कोरी कुष्ठरोग पनि निको हुने जनविश्वास रहेको टोखा भगवती क्लबका पूर्वअध्यक्ष राजकाजी श्रेष्ठले बताए। परापूर्वकालदेखि सत्यवन्त राजाका छोरीहरुमध्ये कान्छी छोरी सत्यकेशरीले बुबाको वचनलाई शिरोपर गरी राजाको मुखबाट ठट्टावश निस्केको बोलीअनुसार कुष्ठरोगबाट ग्रसित महारोगीबाट विवाह गर्न पुग्छिन् ।
ती महारोगीले हरेक दिनजस्तो अन्जान पोखरीमा स्नान गर्दा नयाँ जीवन पाएको सपनामा बारम्बार देख्ने गरेको र एक समय श्रीमतीको अनुपस्थितिमा सपनतीर्थ क्षेत्र रहेको कुण्डमा बच्चाहरुले कीरो फट्याङ्ग्रा समाउँदै मार्दै उक्त कुण्डमा फाल्दा ती कीरो पुनः जीवित भएर उडेको प्रत्यक्ष देखेपछि महारोगीले केटाहरुको सहयोगमा कुण्डमा स्नान गर्दा सम्पूर्ण रोगबाट मुक्त भई नयाँ जीवन पाएको किंवदन्तीअनुसार सपनतीर्थ मेला लाग्ने गरेको पाइन्छ ।
यसैगरी, उक्त मन्दिरमा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहिआएको छ । वैशाख १ गते सपनतीर्थ मेलासँगै वैशाख ४ गतेसम्म बिस्का जात्रा हुने भएकाले स्वदेश तथा विदेशीको सहभागिता रहने टोखाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । सपनतीर्थ मेलामा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहने नगरपालिकाले जनाएको छ ।
नेवारी भाषाको ‘टु’ र ‘ख्य’ अर्थात् उखुको बारीबाट टोखाको नामकरण भएको हो । टोखा–२ र ३ मा नेवार समुदायको बाहुल्यता रहेको छ । यहाँ बिस्कासहित विभिन्न जात्रा मनाइने गरिन्छ । नेवा गुथी टोखाका अध्यक्ष नापितका अनुसार टोखामा मात्र झन्डै २५ हजार नेवार समुदायको बसोबास रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोलिदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी आयोजना गर्ने
बैशाख २१, २०८१ शुक्रबार
ज्योतिष शास्त्रमा शनिदेवलाई श्रमको कारक किन मानिन्छ ?
बैशाख १९, २०८१ बुधबार
मनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
भाजपाले दिल्लीमा जनमत पार्टीलाई स्वागत गर्दा जसपा र लोसपालाई किन बोलाइएन ?
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
प्रेम प्रस्ताव अस्वीकार गर्दा छात्रामाथि गोली प्रहार, अभियुक्त पूर्वशिक्षक रहेको खुलासा
बैशाख २१, २०८१ शुक्रबार
सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा २४ जना पक्राउ
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
सुर्ती नियन्त्रण गर्न विद्यायलस्तरका बालबालिकालाई सचेतना
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
गोप्य राख्नुपर्ने बजेटको प्रधानमन्त्रीले पहिले नै बताइदिए आकार र आन्तरिक कुरा
बैशाख २२, २०८१ शनिबार