पैँतालीस वर्षमा चार करोड ३६ लाखको आँखा उपचार
नेपालबहस संवाददाता
चैत २७, २०८० मंगलबार १५:५५:१९
२७ चैत, नारायणगढ 'चितवन' । नेपाल नेत्रज्योति संघबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरूले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।विसं २०३५ मा स्थापना भएको संघले गएको ४५ वर्षमा ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
संघका अध्यक्ष प्रा. डा. चेतराज पन्तले विभिन्न देशमा रहेका नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा सम्बन्धित देशमा रहेका नेपाली श्रमिकका लागि सोही देशमै आँखा उपचार सेवा प्रवाह गर्दै आएको बताए।
संघले थाइल्यान्ड, बङ्गलादेश, ओमान, म्यान्मा, कतारजस्ता देशमा रहेका नेपाली श्रमिकलाई आँखा उपचार सेवा प्रवाह गर्ने र विदेशीलाइ नेपालमा आँखा उपचारका लागि आकर्षित गर्ने लक्ष्यसहित आँखा शिविर सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाएकोे जनाएको छ । बङ्गलादेशमा पहिलो चरणमा आँखा शिविर सम्पन्न भइसकेको संघका अध्यक्ष पन्तले बताए ।
नेपाल सरकार तथा विभिन्न विकास साझेदारसँगको सहकार्यमा सन् २०३० सम्ममा हरेक स्थानीय तहसम्म आँखा उपचार सेवा विस्तार गर्ने संघको लक्ष्य छ । नेपालबाट उपचारपछि निको हुने अन्धोपनको समस्या निवारण गर्ने लक्ष्य रहेको अध्यक्ष डा. पन्तले बताए ।
उनका अनुसार सन् १९८१ मा गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था जनसङ्ख्याको आधारमा ०.८४ प्रतिशत रहेको थियो । त्यसको ठीक ४० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले अन्धोपनको समस्या घटेर ०.२८ प्रतिशतमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिविरमार्फत नागरिकको स्वास्थ्योपचार गर्दै स्थानीय तह
बैशाख १७, २०८१ सोमबार
बाजुरामा रेबिजविरुद्धको खोप अभाव
बैशाख १७, २०८१ सोमबार
सर्लाहीमा सम्पूर्ण पालिकाले एकै साथ हात्तीपाईले रोगविरुद्धको औषधि खुवाइने
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार