राष्ट्रपति भण्डारी आज चीन जाँदै, सी जिनपिङसहित चिनियाँ अधिकारीसँग वार्ता हुने
इन्द्र रिजाल
बैशाख ११, २०७६ बुधबार १४:१३:५१
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आज चीनको राजकीय भ्रमणमा जाँदै छिन् । नेपाल एयरलाइन्सको जहाजबाट आज उनी बिहान ११ बजे चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भण्डारीले चिनियाँ सकमक्षी सी जिनपिङसहित उच्च चिनियाँ अधिकारीसँग १६ वैशाखमा भेटवार्ता गर्ने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार राष्ट्रपति भण्डारीले १६ वैशाखमा बेइजिङमा राष्ट्रपति सीसँग द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपति भण्डारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं अनुशासन आयोगका सचिव चाओ लेजीबीच भेटवार्ता हुनेछ ।
त्यसअघि राष्ट्रपति भण्डारीले बिआरआई फोरम सम्मेलनमा दुईपटक सम्बोधन गर्नेछिन् । उच्चस्तरीय वार्ताकै दिन नेपाल र चीनबीच आधा दर्जन पत्राचार तथा प्रोटोकलमा हस्ताक्षर हुने कार्यक्रम छ ।
गणतन्त्र स्थापनापछि नेपालबाट राष्ट्रप्रमुखको तहमा हुन लागेको यो पहिलो राजकीय भ्रमण हो । यसअघि तत्कालीन राष्ट्रपति डा.रामवरण यादव चीन भ्रमणमा गएका थिए । तर, उनको भ्रमण राजकीय थिएन । नेपाल एयरलाइन्सको विशेष उडानबाट राष्ट्रपति भण्डारी बुधबार चिनियाँ राष्ट्रपतिको गृहनगर शान्सी प्रान्तको सियान जाँदै छिन् ।
बिहीबार साँझ उनी बेइजिङ फर्कने कार्यक्रम छ । शुक्रबारदेखि सुरु हुने बिआरआई फोरम सम्मेलनमा उनी सहभागी हुनेछिन् । शनिबार र आइतबार सम्मेलनमा सहभागी भएपछि सोमबार उनले चिनियाँ उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम छ । मंगलबार उनी तिब्बतको ल्हासा आइपुग्ने कार्यक्रम छ । उनी ल्हासा भएर स्वदेश फर्किने तय भएको छ ।
पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने द्विपक्षीय औपचारिक वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न आयामबाहेक केरुङ–काठमाडौं प्रस्तावित रेलमार्ग, कोसी, गण्डकी र कर्णाली करिडोर निर्माण, विश्वस्तरीय विश्वविद्यालय स्थापनाका बारेमा छलफल हुनेछ ।
सोही दिन पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुवै देशका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ । हस्ताक्षरसँगै नेपालले चीनतर्फ चार बन्दरगाह र तीन सुक्खा बन्दरगाह प्रयोगका लागि मार्गप्रशस्त हुनेछ भने भारतसँग एकपक्षीय पारवहन निर्भरता औपचारिक रूपमा हट्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
गायक रवि ओडले गरे प्रहरीमा आत्मसर्मपण
बैशाख ३०, २०८१ आइतबार
प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
बैशाख ३०, २०८१ आइतबार
अल हिलालले जित्यो साउदी लिगको उपाधि
बैशाख ३०, २०८१ आइतबार
देशका विभिन्न भागमा चट्याङ्ग र हावाहुरीसहित वर्षा
बैशाख ३०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३०, २०८१ आइतबार
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि छजनाको उम्मेदवारी
बैशाख २९, २०८१ शनिबार