नयाँ वर्षमा गलकोटमा वाटर भलिबल गेम हुने
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १४:१२:४
२८ चैत, गलकोट 'बागलुङ' । नयाँ वर्षमा बागलुङको गलकोटमा पानीमा भलिबल प्रतियोगिता हुने भएको छ । विदेशमा सामुद्रिक किनार या पौडी पोखरीमा भलिबल खेले पनि नेपालमा नयाँ अभ्यासका रुपमा बागलुङको गलकोटमा तीन वर्षदेखि पानीमा भलिबल 'वाटर भलिबल गेम' प्रतियोगिता आयोजना हुँदै आएको छ ।
गलकोट नगरपालिका–३ चिसापानीस्थित दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टले प्रतियोगिता आयोजना गरेको हो । रिसोर्टमा रहेको पौडी पोखरी 'स्विमिङ पुल'मा भलिबल खेलको प्रतियोगिता नयाँ वर्षका अवसरमा आयोजना गरिएको छ । यही चैत ३० गते र आगामी वैशाख १ गते पानीमा भलिबल प्रतियोगिता आयोजना गरिएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्टका सञ्चालक हुम थापाले बताए ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा १६ भलिबल समूह सहभागी हुनेछन् । उक्त भलिबल भने पुरुष मात्रै खेल्न सक्नेछन् । “झन्डै १५-१६ समूहले प्रतिस्पर्धामा भाग लिने अनुमान छ, गुल्मी, ढोरपाटन र बडीगाडसम्मका खेलाडी समूह सम्पर्कमा आएका छन्”, सञ्चालक थापाले भने, “खेलको प्रवर्द्धनसँगै गलकोटलाई नयाँ ढङ्गबाट चिनाउन पानीमा भलिबल प्रतियोगिता राखिएको हो, उनले आफ्नो रिसोर्टमा पर्यटकलाई आकर्षण गर्न र भलिबललाई फरक ढङ्गले चिनाउन प्रतियोगिता आयोजना गरिएको हो ।”
नेपालमै पानीमा भलिबल प्रतियोगिता नौलो भएको उनको भनाइ छ । भलिबलको अन्तर्राष्ट्रिय नियमअनुसार नै पानीमा भलिबल खेल्न सकिने उनको भनाइ छ । पानीमा भलिबल खेल्नका लागि भलिबल कोर्ट सरहकै पौडीपोखरी आवश्यक रहेको हुन्छ ।
उक्त रिसोर्टमा भलिबल कोर्ट सरहकै पौडी पोखरी रहेकाले लगातार तीन वर्षदेखि प्रतियोगिता आयोजना गरिएको थापाको भनाइ छ । यस पटक पानीमा भलिबल खेलेर प्रथम हुनेले रु २५ हजार राशिको पुरस्कार प्राप्त गर्नेछन् । यस प्रतियोगिताबाट नयाँ अनुभव, सिकाइ र पानीमा खेलिने भलिबलको सम्भावना पहिल्याउन पनि सघाउ पुग्ने विश्वास लिइएको छ । रिसोर्ट परिसरमा रहेको २० मिटर लामो पौडी पोखरीमा खेल हुनेछ ।
एक समूहबाट चार खेलाडी प्रतिस्पर्धामा उत्रनेछन् । खेल लिग प्रणालीबाट खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टोलीले रु २५ हजारसहित कप र मेडल तथा दोस्रोले रु १२ हजारसहित मेडल पुरस्कार पाउने छन् । टोली दर्ता शुल्क रु दुई हजार राखिएको छ ।
तीन वर्षदेखि लगातार भइरहेको भलिबल हेर्न दुई हजार दर्शक रिसोर्टमा आउने अपेक्षा गरिएको छ । यस्तै नयाँ वर्षको अवसरमा पानीमा भलिबलसँगै घैटोफोर प्रतियोगिता र माछा छोप्ने प्रतियोगितासमेत राखिएको छ । पानीमाथि खेल्ने भलिबल प्रतियोगितामा पहिलो वर्ष १७ समूह, दोस्रो वर्ष १३ समूह सहभागी भएका थिए भने अहिले १५ समूहभन्दा बढी समूह सहभागी हुने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्ने
बैशाख १७, २०८१ सोमबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
बैशाख १४, २०८१ शुक्रबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार