मैत्रीपूर्ण खेलमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय टिम विजयी
नेपालबहस संवाददाता
चैत २९, २०८० बिहिबार १३:२०:३२
२९ चैत, काठमाडौं । नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय 'डिपिआर'को टोली १–० गोलले विजयी भयो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । उक्त निर्देशनालय विसं २०५८ चैत २० गते स्थापना भएको थियो ।
प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल हुनुहुन्थ्यो । प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टिम निलो जर्सीमा मैदानमा उत्रिएको थियो ।
निर्देशनालयले सैनिक र सञ्चार जगत्बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गरे । निर्देशनालयले यस वर्ष स्थापना दिवस समारोह भोलि शुक्रबार गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्यानचेस्टर सिटीको वोल्भ्समाथि फराकिलो जित
बैशाख २३, २०८१ आइतबार
भोलिदेखि जिल्ला लिग फुटबलको तेस्रो संस्करण हुँदै
बैशाख १४, २०८१ शुक्रबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा
बैशाख २३, २०८१ आइतबार
‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन
बैशाख २३, २०८१ आइतबार
नेपालबारे के भन्छिन जापानकी विदेशमन्त्री खामिखावा ?
बैशाख २३, २०८१ आइतबार
गण्डकीमा राप्रपाले मत नदिने, मुख्यमन्त्रीको पक्षमा ३० मत
बैशाख २३, २०८१ आइतबार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
बैशाख २३, २०८१ आइतबार
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छः प्रधानमन्त्री
बैशाख २३, २०८१ आइतबार