आन्तरिक पर्यटन प्रवधनका लागी बुलेट यात्रा ( फाेटाे फिचर )
नेपालबहस संवाददाता
बैशाख २, २०८१ आइतबार १३:९:२
२ वैशाख, काठमाडौं । नयाँ बर्षको अवसर पारेर नेपाल बुलेट हाउस को आयोजनामा काठमाडौं रामेछाप रोयल इन्फिल्ड 'बुलेट' मोटरसाइकल राइडको आयोजना भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने भन्दै नेपाल बुलेट हाउस प्रा.ली.ले नेपालको प्रवर्द्धनका लागि उदयमान गन्तव्यहरुको टु ह्हुवीलर राइड मार्फत दिगो पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको चर्चित ताँवे डाँडासम्म बुलेट मोटरसाइकल यात्राको आयोजना गरेका हाे ।
रोयल इनफिल्ड बाईकका राइडरहरुले नेपाल बुलेट हाउसको अगुवाईमा काठमाडौंदेखि ताँवे डाँडा, दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । विभिन्न जाति, भाषा, धर्मको विषयमा निकै विवाद भइरहेको बेला हामीले पहिला नेपाली हुन सक्नुपर्ने भन्दै आपसी भाइचारा र पर्यटन प्रवर्द्धनका लागि टु ह्विलर यात्रा गरेको नेपाल बुलेट हाउसका अध्यक्ष रमेश कार्कीले बताए।
‘आन्तरिक पर्यटन प्रवर्द्धक गरौं’ राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागीता रहेको कार्कीले बताए। चैत ३० गते काठमाडौंबाट निस्केको राइडरहरुको टोलीले २०८१ बैशाक १ गते रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका स्थित चर्चित ताँवे डाँडामा विशेष कार्यक्रमका साथ बन भोजको आयोजना रहेको अध्यक्ष कार्की ले बताए ।
उनि भन्छन् यस्ता किसिमका कार्यक्रमले आपसि भाइचारा कायम रहने र नेपालमा टु ह्विलर टुरीजमको बिकास हुने बताउछन् । काठमाडौंका बुलेट राइडर्सहरूले शुक्रबार काठमाडाैं स्थित नेपाल बुलेट हाउसको कार्यालयबाट नेपालका फिल्मी जगतका स्टार निखिल उप्रेतिले राइडको सफलता को लागी शुभकामनाका साथमा बिदाइ गरेका थिए ।
सबै राइडरले नेपालको झन्डासहित निस्केका उनिहरु काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँबे डाँडामा विशेष कार्यक्रममा भाग लियर दोलखाको जिरीमा जिरी महोत्सवमा सामेल भएर वैशाख २ गते आज काठमाडाैं फर्कने योजना रहेका अध्यक्ष रमेश कार्कीले बताए। नेपाल बुलेट हाउसको आयोजनामा यसअघि पनि आन्तरिक पर्यटन प्रवर्द्धनका लागी विभिन्न कार्यक्रमहरू भइसकेका छन ।
\
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल-चीन आर्थिक तथा व्यापार मेला सुरु (फोटोफिचर)
बैशाख १७, २०८१ सोमबार
मनसुन प्रतिकार सम्बन्धी उद्धार अभ्यास डेमोस्ट्रेस्न मनसुन-२
बैशाख १६, २०८१ आइतबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार