दक्षिण कोरियाको आईसीटी निर्यात मार्चमा पनि वृद्धि
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १६:३१:४७
३ वैशाख, सोल । दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आईसीटी) उत्पादनको निर्यात स्थानीय रूपमा निर्मित सेमीकन्डक्टरहरूको ठोस मागका कारण लगातार पाँचौँ महिनामा बढेको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।
व्यापार, उद्योग र ऊर्जा मन्त्रालयका अनुसार मार्चमा आइसीटी उत्पादन ढुवानी १९ दशमलव चार प्रतिशतले बढेर १८ अर्ब ८२ करोड अर्ब अमेरिकी डलर पुगेको छ ।
सेमिकन्डक्टर निर्यात गत महिना ३३ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ६९ करोड डलर पुगेको छ । यो लगातार पाँचौँ महिना दोहोरो अङ्कको विस्तार हो ।
टेलिभिजन र कम्प्युटरका लागि प्रयोग हुने प्यानलको बलियो मागका कारण डिस्प्ले प्यानल ढुवानी १३ प्रतिशतले बढेर एक अर्ब ६२ करोड डलर पुगेको छ भने मोबाइल फोन निर्यात छ दशमलव छ प्रतिशतले बढेर ८८ करोड डलर पुगेको छ ।
कम्प्युटर र पेरिफेरलहरूको ढुवानी २० दशमलव तीन प्रतिशतले बढेर एक अर्ब दुई करोड डलर पुगेको छ भने सञ्चार उपकरणको निर्यात सात दशमलव एक प्रतिशतले घटेर २२ करोड डलरमा झरेको छ ।
आइसीटी उत्पादनहरूका लागि आयात एक वर्षअघिको तुलनामा एक दशमलव दुई प्रतिशतले घटेर मार्चमा ११ अर्ब ७० करोड डलर भएको छ । चिप्स, डिस्प्ले प्यानल र मोबाइल फोनका लागि आयात गत महिना बढे पनि कम्प्युटर र पेरिफेरलहरूका लागि आयात भने एकल अङ्कमा घटेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
भारतका पुर्व प्रधानमन्त्रीका छोरामाथी यौन शोषणको आरोप
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार