म्यान्मामा रकेट आक्रमणमा चार जनाको मृत्यु, १२ घाइते
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार १६:३९:४२
३ वैशाख, म्यान्मा । मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा भएको रकेट आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको म्यान्माको राज्य प्रशासन परिषद्को सूचना टोलीले सोमबार जनाएको छ ।
माण्डाले क्षेत्रको पिन ऊ ल्विन सहरमा आइतबार राति आक्रमणकारीहरूले सहरलाई निशाना बनाई ११ वटा रकेट प्रहार गरेका थिए । पिन ऊ ल्विन जनरल अस्पतालको अर्थोपेडिक वार्ड, होटलसहित धेरै ठाउँमा हमला भएको सूचना टोलीले जनाएको छ ।
गुम्बामा भएको आक्रमणका कारण दुई बौद्ध भिक्षुसहित तीन जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यसैगरीे आक्रमणमा पिन ऊ ल्विनको वार्डका एक स्थानीय बासिन्दाको पनि मृत्यु भएको छ । पिन ऊ ल्विन जनरल अस्पतालमा भएको आक्रमणका घाइते बालबालिका, बिरामी र कर्मचारीसहित ११ जनाको उपचार भइरहेको बताइएको छ ।
परम्परागत थिङ्गयान वाटर फेस्टिभलका क्रममा गैर–सैन्य लक्ष्यहरूमा भएका आक्रमणहरू सार्वजनिक शान्ति र स्थिरतामा खलल पुरÞ्याउने उद्देश्यले आतङ्कारीहरूले गरेको कार्यहरू भएको बताइएको छ । सुरक्षा बलले अपराधीहरूलाई पत्ता लगाउन र पक्राउ गर्न सुरक्षा व्यवस्था कडा गरिरहेको सूचना टोलीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा दुई करोड ३७ लाई मानवीय सहायता आवश्यक
बैशाख १७, २०८१ सोमबार
चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति
बैशाख १७, २०८१ सोमबार
भारतका पुर्व प्रधानमन्त्रीका छोरामाथी यौन शोषणको आरोप
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार