नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
नेपालबहस संवाददाता
बैशाख ३, २०८१ सोमबार २१:४१:५५
३ वैशाख, काठमाडौं । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौंको चावहिलमा रहेको फ्रेन्डशिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन रहेका छन् ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेष्टुरेन्ट तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाई दिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
“सुरुमा नाबालिकालाई वेटरको काममा लगाई दिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट सञ्चालकले ललाईफकाई तथा धाँकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,” उनले भने ।
पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौं ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ । उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए ।
पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख १७, २०८१ सोमबार
भक्तपुरमा वृद्धबाट १६ वर्षीया किशोरी बलात्कृत
बैशाख १७, २०८१ सोमबार
परिवारबीचकाे झैझगडाले तीन वर्षीया बालिकाको हत्या, आमाछोरी पक्राउ
बैशाख १७, २०८१ सोमबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार