चैतेदशैंमा तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १२:११:२३
४ वैशाख, तनहुँ । चैतेदशैंको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
बडादशैं र चैतेदशैंको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताए ।
विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले बताए । घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उनको भनाइ छ ।
उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ । मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ ।
“अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ । दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भने ।
उनका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार