चैतेदशैंमा गोरखकाली मन्दिरमा दर्शनार्थीको घुइँचो
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार १४:५७:५३
४ वैशाख, गोरखा । चैते दशैंका अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको गोरखकाली मन्दिरमा आज दर्शनार्थीको घुइँचो लागेको छ । कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजन बिहानैदेखि लाइन बद्ध छन् ।
‘‘भक्तजनलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुुप्रसाद पाठकले भने, “मन्दिरमा आवश्यक अन्य सबै सुरक्षा व्यवस्था मिलाइएको छ ।” मन्दिरमा एकैदिन सात हजार पाँच सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उनको भनाइ छ ।
भूकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसँगै गत वर्षभन्दा यसवर्ष चैते दसैँमा दर्शनार्थीको सङ्ख्या बढेको उनको अनुमान छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखासहित काठमाडौं, तनहुँ, चितवन र लमजुङलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए ।
भूकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना सङ्क्रमणका कारण केही वर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसवर्ष मन्दिरमा आएकाले भक्तजनको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।
चैत्राष्टमी र चैतेदशैंमा कालिका मन्दिरमा विशेष पूजाआजा हुन्छ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परा समेत छ । मन्दिरमा पशबलिका लागि मात्र आज एक सय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिए । कालिका मन्दिरसँगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनमैजुमा आजदेखि अजिमा जात्रा सुरु
बैशाख १०, २०८१ सोमबार
साल्पा सिलिचुङमा ‘सुम्निमा-पारुहाङ र नछुङ’को प्रतिमा स्थापना
बैशाख ९, २०८१ आइतबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
वीरगञ्जमा प्रहरीले गोली चलाएर भारतीय अपराधीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार
चर्चित वन्यजन्तु तस्कर सम्पत्ति शुद्धिकरणमा दोषी ठहर
बैशाख १७, २०८१ सोमबार
इलाममा सुहाङको मत २१ हजार कट्यो, अग्रता कायमै
बैशाख १७, २०८१ सोमबार
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
बैशाख १७, २०८१ सोमबार
गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
बैशाख १७, २०८१ सोमबार
संविधान संशोधनको नेतृत्व कांग्रेसले लिनुपर्छः प्रमुख सचेतक लेखक
बैशाख १७, २०८१ सोमबार