बेमौसमी वर्षाले पाकिस्तानमा ४९ जनाको मृत्यु
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार १२:१:१३
५ वैशाख, लाहौंर । पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार देशको दक्षिण–पश्चिम क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ।
गहुँ काट्ने क्रममा चट्याङ लागेर केही किसानको मृत्यु भएको छ भने वर्षाका कारण उत्तर पश्चिम र पूर्वी पन्जाब प्रान्तमा दर्जनौं घर भत्किएका छन् । प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अरफान काथियाले पञ्जाबमा २१ जनाको मृत्यु भएको बताए । उनका अनुसार जहाँ यस हप्ता थप वर्षा हुने सम्भावना कायमै रहेको छ ।
अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता खुर्शिद अनवरले उक्त क्षेत्रमा भारी वर्षाका कारण २१ जनाको मृत्यु भएको बताए। राजधानी इस्लामावादमा पनि मुसलधारे वर्षा भएको छ भने दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको छ। उत्तर पश्चिमी सहर पेशावर र बलुचिस्तानको राजधानी क्वेटामा सडकहरू बाढीले क्षतिग्रस्त भएका छन ।
प्रधानमन्त्री शाहबाज शरीफले यस प्राकृतिक प्रकोपमा आफूले अधिकारीहरूलाई जनतालाई राहत सहयोग उपलब्ध गराउन आदेश दिएको बताए। उनले वर्षाले पाकिस्तानको जलाशयमा सुधार आउने बताए । पाकिस्तानी वातावरणविज्ञ राफे आलमले अप्रिलमा यस्तो भारी वर्षा हुनु असामान्य भएको बताए। उनले दुई वर्षअघि मार्च र अप्रिलमा पाकिस्तानमा तातो लहर आएको र अहिले पानी परेको देखेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा
बैशाख १८, २०८१ मंगलबार
उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
बैशाख १८, २०८१ मंगलबार
इजरायल र हमासबीच युद्ध विरामको संकेत
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
राजनीतिक स्थायित्व नभएको देशमा लगानी सम्मेलनको खास अर्थ हुँदैनः कोइराला
बैशाख १७, २०८१ सोमबार
जनता झुक्याउन एनसेलमा प्रचण्डको अर्को राजनीति, लाइसेन्स नवीकरण गर्न किन राखियो सर्त ?
बैशाख १७, २०८१ सोमबार
उदयपुरको ३ सय हेक्टर वनमा डढेलो, हरिवनमा घर जले
बैशाख १८, २०८१ मंगलबार
इरानी सुरक्षा बलले प्रदर्शनकारी युवतीलाई यौन दुर्व्यवहारपछि हत्या गरेको खुलासा
बैशाख १८, २०८१ मंगलबार
गठबन्धनमा सहमति जुटाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा मुख्यमन्त्री सोडारी
बैशाख १८, २०८१ मंगलबार
इलाममा माओवादीबाहेक सबैको मत परिक्षण, रास्वपासहित १६ उम्मेदवारको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
बैशाख १८, २०८१ मंगलबार
उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज
बैशाख १८, २०८१ मंगलबार