खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार २०:५३:२५
१० वैशाख, ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।
गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।
प्रतियोगिताका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमश : रु पाँच लाख, रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई रु ५० हजार ‘म्यान अफ दी म्याच’ लाई रु ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
सो अवसरमा नगर प्रवक्ता मिलन सिलवाल र प्रतियोगिता संयोजक निरोज बज्राचार्यले प्रतियोगिताका बारेमा जानकारी दिए । प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
पञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार